विराटनगर । विराटनगरकी अनिशा विष्ट युरोपियन इन्टरनेशनल युनिभर्सिटी, फ्रान्सको पेरिसबाट सम्मानित हुनुभएको छ । हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोबल लिडरसिप अवार्ड २०२२ बाट उहां सम्मानित हुनु भएको हो।
स्वास्थ्य संस्था हस्पिटल व्यवस्थापन विद्यामा महत्वपूर्ण योगदान गरेको भन्दै विष्टलाई सम्मान गरिएको थियो।
मलेसियामा आयोजित एक बिशेष कार्यक्रममा विष्टलाई प्रोफेशनल डक्टरल सर्टिफिकेट पिएचडी इन हस्पिटल म्यानेजमेन्ट एण्ड इन्टरनेशनल ग्लोबल लिडरसिप अवार्ड २०२२ को उपाधि प्रदान गरिएको हो।
अनिशा विष्ट नेपालको पूर्वीक्षेत्र विराटनगरमा वरिष्ठ स्नायु रोग बिशेषज्ञ डा.बिरेन्द्र कुमार बिष्टको नेतृत्वमा संचालित न्यूरो ,कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालकी कुशल कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनु भएको छ । विरामीलाई न्यूरोलोजी विधाको सेवालाई निरन्तरता दिने पूर्वी नेपालको यो पहिलो हस्पिटलको हो ।
न्यूरोलोजी सेवा लिनका लागि नेपाल र छिमेकी राष्ट्र भारत बाट समेत धेरै संख्यामा विरामी दैनिकरुपमा यस हस्पिटलमा आउने गर्दछन।
यस अघि नेपाली महिलामा उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले सो उपाधि प्राप्त गर्नुभएको थियो। फ्रान्सको पेरिसमा रहेको युरोपियन इन्टरनेशनल युनिभर्सिटीले यो उपाधि हरेक वर्ष विभिन्न राष्ट्रका उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिंदै आएको छ।
