• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

न्युरोलोजी साइन्समा पर्याप्त जनशक्ति उत्पादन गर्न जरुरी छ : वरिष्ठ न्युरोलोजिष्ट डा. विष्ट

  •  आइतबार, साउन २९, २०७९ मा प्रकाशित


पछिल्लो समय नेपालमा मेडिकल क्षेत्रले ठूलो फड्को मारेको छ । प्रविधिको विकाससंँगै यस क्षेत्रको आकर्षण समेत बढ्दै गएको छ । विगतका बर्षहरुमा जटिल तथा दिर्घकालिन रोगको लागि विदेश सम्म धाउनुपर्ने बाध्यता थियो । तर मेडिकल क्षेत्रको विकास र आयामसंँगै यहीं पनि दक्ष चिकित्सकहरु उत्पादन हुन र स्थापित हुन थालेका छन । केही चिकित्सकहरु विदेशबाट अध्ययन गरेर नेपालमा सेवा दिईरहेका छन त केही चिकित्सकहरु नेपालमै अध्ययन गरेर पनि जटिल तथा दिर्घरोगहरुको उपचार दक्ष भईसकेका छन् ।
विशिष्ट सेवा अन्तर्गत पर्ने मुट, कलेजो, फोक्सो, मृगौला, टाउकाको सर्जरी लगायतका सेवाहरु नेपालमा नै दिएपछि केही हदसम्म नेपालीहरुको विदेश जाने बाध्यता कम भएको छ । हाम्रो सबै अंगहरुका महत्व, काम फरक फरक भएपनि न्युरोलोजी तथा कार्डियोलोजीको पनि उत्तिकै महत्व छ । यस न्युरोलोजी बिषयमा पनि नेपालमा दक्ष चिकित्सकहरु उत्पादन भईसकेका छन । तर यतिले मात्र आवश्यकता परिपुर्ति हुन सकेको छैन । यसमध्ये विराटनगरमा रही सेवा दिदैं आउनु भएका वरिष्ठ न्युरोलोजी डा.बिरेन्द्र कुमार बिष्ट स्थापित चिकित्सक हुनुहुन्छ ।
मिजासिलो एवं सरल स्वभावका बरिष्ठ न्युरोलोजी डा.बिरेन्द्रकुमार बिष्टले आफ्नै नेतृत्वमा स्थापना गर्नुभएको न्युरो, कार्डियो मल्टिस्पेसियालिटी अस्पताल बिराटनगरमा सेवारत हुनुहुन्छ । स्वास्थ्य क्षेत्र संगै अन्य विभिन्न सामाजिक संघसंस्थाको समेत नेतृत्व गर्दै आहिरहनु भएको छ । स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्नुभएका सामाजिक व्यक्तित्व डा.बिरेन्द्रकुमार बिष्ट सँग उहाँको पेशागत जीवन सँग रहेर पत्रकार वागमती श्रेष्ठले गर्नु भएको रोचक तथा सन्देशमूलक कुराकानीको सारसंक्षेप ।

नेपालमा न्युरोलोजी साइन्सको संस्थागत विकास, जनशक्ति र सेवाको अवस्था कस्तो देख्नु हुन्छ ?

नेपालमा न्युरोलोजी साइन्सको संस्थागत विकास अति सुस्त गतिमा बढिरहेको छ । यसमा धेरै सुधारको आवश्यकता रहेको मैले महसुस गरेको छु । न्युरोलोजी साइन्समा जनशक्ति पर्याप्त मात्रामा भएको छैन । तर यसका रोगीहरु भने गुणात्मक रुपमा बढिरहेका छन । विशेषज्ञ सेवा प्रदान गर्ने दक्ष जनशक्ति उत्पादन गर्नुमा राज्यको अहम भूमिका हुन्छ । तर राज्यको तर्फबाट यस क्षेत्रमा चासो दिएको पाईदैन । तर राज्यले विशेष व्यवस्था निर्माण गरी दक्ष जनशक्ति पर्याप्त मात्रामा उत्पादन गर्ने र हाल विकराल रुपमा देखापरेको न्युरोलोजी सम्बन्धि रोगलाई समयमै उपचार गर्न सकिने कुरामा म विश्वस्त छु । यो मेरो पेशागत अनुभव पनि हो । विशेषज्ञ सेवा प्रदान गर्न दक्ष जनशक्ति उत्पादन गर्ने सन्दर्भमा नीजि क्षेत्रका साधन श्रोत सम्पन्न स्वास्थ्य संस्थाहरुलाई जिम्मेवार बनाउन सकिएको अवस्थामा अझ प्रभावकारी हुने महसुस गरेको छु । त्यसैले पनि न्युरोलोजी साईन्समा पर्याप्त मात्रामा जनशक्ति उत्पादन गर्न जरुरी छ ।

पूर्वी नेपालमा रही विधागत र संस्थागत विकासमा आफूलाई समर्पित गर्दै गर्दा देशको नीति र सहयोग कस्तो पाउनु भएको छ ?

न्युरोलोजी सम्बन्धी विरामीहरु दिनानुदिन बढीरहेको सन्दर्भमा राज्यको तर्फबाट रोकथाम र निदानको लागि भएका पहलहरु पर्याप्त छैनन् । म विगत करिब २३ वर्षदेखि पूर्वी नेपालमा न्युरोलोजी सेवामा समर्पित भई अविच्छिन्न रुपमा कार्यरत रही आएको छु र नेपाल सरकारको तर्फबाट न्युरोलोजी सेवा सम्बन्धि नीतिगत सुधार हुनुपर्ने खाँचो टड्कारो रुपमा मैले महसुस गरेको छु । यसका साथै न्युरोलोजी साइन्स सम्बन्धमा समय समयमा अन्तराष्ट्रिय स्तरमा हुने गरेका सेमिनार र गोष्ठीहरु नेपाल भित्र पनि आयोजना गर्न सके विज्ञहरुको सल्लाह सुझावलाई अवलम्बन गर्न सहज हुने र प्रभावकारी उपचार पद्धतिको विकास हुने कुरामा म विश्वस्त छु ।

नेपालमा पछिल्लो समय न्युरो साइन्सको विकासक्रमको गति देख्दा कस्तो महसुुस गर्नु भएको छ ?

न्युरोलोजी साइन्स सम्बन्धमा मेरो विचारमा भन्नु पर्दा यो विधा राज्यको प्राथमिकताको क्षेत्रमा परेको देखिदैन । राज्यको तर्फबाट विशेषज्ञ जनशक्ति उत्पादनमा विशेष गरी बढवा दिनुपर्ने देखिन्छ । देशमा विज्ञ जनशक्ति भएमा दिनानुदिन बढ्दै गएको न्युरोलोजीका रोगीहरुलाई सहज र सरल ढंगबाट उपचार सम्भव हुने मैले महसुस गरेको छु । यसो भन्दै गर्दा तपाईले भनेजस्तै नेपालमा पछिल्लो समय न्युरो साइन्स भित्र विकासक्रमको गतिमा जनशक्ति र सेवा बिस्तार देशका प्रमुख शहरहरुमा देख्दा अवश्य पनि धेरै खुसी महसुस गरिरहेको छु । जुनबेला मेरो नेतृत्वमा काठमाडौं बाहिर न्युरोलोजी साइन्स सम्बन्धि सेवा सुरु गर्दा मेरा साथीहरु अचम्म पर्नु हुन्थ्यो । आज यस बिद्याको बिकास यसरी नेपालभरि सेवा बिस्तार भएको देख्न पाउदा म धेरै खुसी र उत्साहित पनि छु । जहाँ सम्म काठमाडौं बाहिर न्युरोलोजी साइन्सको सेवा बिस्तार गर्न सकिन्छ भन्ने मेरो सोच र सपना पुराभएको मैले महसुस गरेको छु ।

विज्ञको तर्फबाट यस बिषयमा तपाईका सल्लाह सुझाव ?

हाल देशको राजनैतिक एवं प्रशासनिक क्षेत्रमा राज्यले गरेको परिवर्तनलाई हेर्दा म धेरै आशावादी छु कि आउने समयमा नेपालमा न्युरोलोजी साइन्स र न्युरोलोजी सेवाको विस्तार एवं विकास दीर्घकालीन र दीघो रुपमा हुनेछ । यसका साथै यो रोग सम्बन्धि सर्वसाधारणमा रहेको भ्रमलाई हटाउन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु स्थानीय स्तरबाट संचालन गरिनु पर्छ जस्तो मलाई लाग्दछ । यस क्षेत्रमा समर्पित पेशाकर्मीहरु र विशेषज्ञ उपचार प्रदान गर्दै गरेका अस्पतालहरुलाई राज्यले गर्ने व्यवहार र हेर्ने
दृष्टिकोणमा आमुल परिवर्तनको खाँचो महसुस गरेको छु । आशा छ अपेक्षाकृत रुपमा सुधार भई यस प्रकारका रोगीहरुले पाउने सेवा र सुविधामा हामीले अझ राम्ररी सेवा प्रदान गर्न सक्ने छौं भन्ने मैले विश्वास लिएको छु । साथै मिडियाले पनि यसै गरी बेलाबखत स्वास्थ्य क्षेत्रका यस्ता महत्वपूर्ण विषयलाई स्थान दिनुभएमा धेरै राम्रो हुने थियो ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.