चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार ६१ जनाको कोरोना परीक्षण गर्दा १९ जनालाई कोरोना संक्रमण देखिएको हो ।
जसमध्ये १५ जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना रत्ननगर र एक जना कालिका नगरपालिकाका रहेका छन् । आज १९ संक्रमित थपिएसँगै चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० पुगेको हो । ती मध्ये ८५ जना घरको आइसोलेसनमा र पाँच जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।