• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • २ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • २ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १९ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १९ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • २० घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २२ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ८. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ९. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • १०. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

  •  बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

महेन्द्रनगर(जनकपुरधाम) । उच्च अदालत जनकपुरले कुमारी आमाले प्रख्यात महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको थियो ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गर्नुभएको हो । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।

सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मीरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिङ्कुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गर्नुभएको थियो ।

निहारिकाको नामबाट २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवनरक्षा गरी पाउ’ र सोही वर्ष फागुन ११ गते ‘हकअधिकार दिलाइ पाउँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान् श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै निहारिकाले काठमाडौँमा दोस्रोपटक आमरण अनशन सुरु गर्नुभएको थियो ।

अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ । रासस

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.