• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १९ मिनेट 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • २४ मिनेट 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १७ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १८ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • १९ घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २० घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ८. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ९. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • १०. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

कोरोना भाइरसको महामारीका कारण चीनमा विवाह र जन्मदर घट्न थाल्यो

  •  बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

पेचिङ (चीन) । कोरोना भाइरसको महामारी अन्त्य हुने कुनै संकेत छैन । संक्रमणको एउटा लहर सकिएको केही समयपछि नयाँ लहर आइरहेका छन् ।

आर्थिक गतिविधिहरु प्रभावित भएका छन् भने आर्थिक अनिश्चय पनि बढेको छ । यस्तोमा मानिसहरुले परिवार र विवाहको योजना थाँती राख्न थालेका छन् ।
चीनमा पनि कोरोना भाइरसको महामारीका कारण विवाह र जन्मदर घट्न थालेको छ । हालैका वर्षमा बच्चा हुर्काउन र उनीहरुको शिक्षलगायतका खर्च महँगो हुँदै गएपछि चीनमा विवाहित दम्पत्तिको सन्तान योजना प्रभावित भइरहेको थियो ।

कोरोना भाइरसको महामारीले अवस्था झनै बिगारेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले बताएको हो । धेरैजसो युवायुवतिहरुले विवाह वा गर्भधारणको योजना थाँती राख्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । तीव्र आर्थिक र सामाजिक घटनाक्रमहरुका कारण पनि व्यापक परिवर्तन आएको बताइएको छ ।

युवा पुस्ता शहरी क्षेत्रमा बसाई सरेर जाने, शिक्षा दिक्षामा धेरै समय बिताउने अनि उच्च दबाब भएको काम गर्ने वातावरण आदिका कारण पनि जन्म र विवाहको प्रवृत्तिमा परिवर्तन आएको एनएचसीले बताएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन सरकारले कोभिड विरुद्धको शून्य नीति अपनाएको छ । संक्रमण बल्झिन थाल्ने बित्तिकै सरकार कठोर लकडाउन गरिन्छ । यसका कारण मानिसहरुको जनजीवनमा गहिरो र दीर्घकालीन क्षति पुर्याएको छ । यो वर्ष चीनमा शिशु जन्म कीर्तिमानी न्यून स्तरमा झर्ने क्रममा रहेको जनसांख्यिकीय विज्ञहरुले बताइरहेका छन् । यस वर्ष चीनमा १ करोडभन्दा कम शिशु जन्मने अनुमान गरिएको छ ।

गत वर्ष चीनमा १ करोड ६ लाख शिशु जन्मिएका थिए । यो सन् २०२० को तुलनामा ११ दशमलव ५ प्रतिशत कम थियो । चीनमा मृत्युदर विश्वमै सबैभन्दा न्यूनमध्येमा पर्दछ । सन् २०२१ म त्यहाँको मृत्यु दर १ दशमलव १६ प्रतिशत थियो । चीनले सन् १९८० देखि सन् २०१५ सम्म एक सन्तान नीति लागू गरेको थियो । दुई सन्तान नीतिले खासै काम गरेको छैन ।

जनसंख्या खुम्चिने क्रममा रहेपछि केन्द्रदेखि प्रान्तीय सरकारहरुले गत वर्ष कर छूट दिने स्वास्थ्य बीमा बढाउने, घर खरिदमा सहुलियत दिने देखि तेस्रा सन्तान जन्माउनेलाई अतिरिक्त रकम दिनेसम्मका उपायहरु ल्याएका थिए । तर कोरोना भाइरसको महामारीको प्रभावबीच यी उपायहरु खासै प्रभावकारी साबित भएका छैनन् । एजेन्सी

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.