सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ ।
मेलम्ची नगरपालिका–१३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।
सो रोगलाई थप फैलिन नदिनका लागि हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्न, घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्याउन घोरासैनीले आग्रह गर्नुभयो ।
