• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भोजपुरको पौवादुङमा गाउँपालिकामा विशेष पोषण कार्यक्रम शुरु

  •  शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विशेष पोषण कार्यक्रमको शुरुवात गरेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विशेष पोषण कार्यक्रम शुरु गरेको हो ।

बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अभियान छ ओटै वडामा सञ्चालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्याङ्कको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतको विषयमा तथ्याङ्क राख्ने र उनीहरूको स्वास्थ्यमा कुनै कारण समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।

बच्चाको स्वास्थ्य अवस्थाको बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरेको हो । अभियान अन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० जना आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषण लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनु भयो ।

प्रमुख उपाध्यायले भन्नु भयो ,‘प्रदेश १ मा पहिलो चरणमा छनौट भएका पाँच ओटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिका पनि एक हो । हामीले कार्यक्रमको शुरुवात गरेका छौँ । यो अभियान सबै वडामा सञ्चालन गछौँ ।’

बालबालिकाको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो ‘ कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो । यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । बालबालिकालाई स्वास्थ्य र मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ । शिशु जन्मपछि उसको तौल, मोटाई लगायत उसको वृद्धि विकासको रेकर्ड राख्छौँ । त्यो रेकर्डको आधारमा बच्चाको स्वास्थ्य अवस्था हेछौँ । यदि उसको वृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउँछौँ ।’

गाउँपालिकाका बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनु भयो । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष राईले बताउनु भयो । अध्यक्ष राईले भन्नु भयो ,‘ पोषण भनेको बालबालिकासँगै मानिसको लागि अपरिहार्य बस्तु हो । स्वस्थ नागरिक उत्पादन गर्न हामीले पोषणमा ध्यान दिन आवश्यक छ । त्यही भएर हामीले कुपोषणरहित गाउँपालिका बनाउने अभियान थालेका छौँ ।’

शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.