गोविन्द नेपाल । वि.स.२०५४ साल देखि म यो स्वास्थ्य जस्तो अति संवेदनशिल, मानव जिवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा प्रवेश गरेंँ । मेरो अध्ययन पश्चात् बर्दिया जिल्ला ताराताल गा.वि.स. वडा न. ५ मा रहेको नेपाल मेडिकल नामक क्लिनिकबाट मैले सेवा सुरु गरेको थिए । लगतै वि.स. २०५७ साल चैत्र महिनामा पारिवारिक बसाईसराइ सँगै चितवन जिल्लाको अझै पनि पिछडिएको क्षेत्र मानिने माडीको बसन्तपुर बजारमा विश्वास फार्मेसीको स्थापना गरी हाल सम्म निरन्तर रुपमा बिरामीका लागि निरन्तर सेवा प्रदान गदै आइरहेको छु ।
देशमा युद्धकालिन अवस्थामा मेरो पेशा र सेवा प्रदान गर्ने क्रममा विभिन्न उत्तार–चढाव प्रत्यक्ष रुपमा अनुभुति गरेको छु । ग्रामिण क्षेत्र भएको कारणले पनि तत्कालिन ने.क.पा. माओवादीको आवत जावत बढी हुने त्यस्तैगरी चितवन राष्ट्रिय निकुञ्ज र माओवादीको खोजीमा गाँउमा आउने सुरक्षाकर्मीहरुको प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वास्थ्य सेवा रात दिन नभनी प्रदान गर्नु पर्ने अवस्था थियो । दुई पक्षकै स्वास्थ्य सेवा पनि राति–राति जङ्गलमा गई दिनु पर्ने र फेरी उहाँहरु बाटै धम्की पनि स्वीकार्नु पर्ने अवस्था थियो । आज ती दिन सम्झदाँ निकै नमिठो लाग्दछ ।
माडीवासी जहाँ विभिन्न समुदाय जनजाती गरीबी, अशिक्षित रोग–भोगबाट प्रत्यक्ष रुपमा प्रभावित एक विकासोन्मुख शहरी ग्रामिण क्षेत्र हो । यस ठाँउका माथि उल्लेखित चेपाङ्ग समुदाय, भोटे समुुदाय र थारु समुदाय लगायतका यी समुदायसँग मेरो स्वास्थ्य सेवा प्रदान गर्ने मात्रै नभइकन उनीहरुका हरेक दुःख सुखमा नजिक छु । मैले उनीहरुकैसाथ रहने कोशिशमा आफुलाई दायित्वबोध गर्दै एक जिम्मेवार नागरिकको भुमिकामा आफुलाई सर्मपित गर्दै आइरहेको छु र रहिरहने वाचा पनि गर्दछु ।
माडी बसाईको करिब २ दशकमा आफुलाई आफ्नो पेशा बाहेक अन्य समाज विकास र परिर्वतनमा सँग–सँगै डो¥याउन सहयोग र सदभाव राख्नुहुने मेरो परिवारजन र सम्पूर्ण माडी वासी प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
( लेखक वरिष्ठ स्वास्थ्यकर्मी हुनुहुन्छ । )
