• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कोभिड विरुद्धको खोपसम्बन्धी प्याटेन्ट उल्लंघन गरेको भन्दै फाइजरविरुद्ध मोडेर्नाले हाल्यो मुद्दा

  •  आइतबार, भदौ १२, २०७९ मा प्रकाशित

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय फर्मा कम्पनी मोडेर्नाले घरेलु प्रतिस्पर्धी कम्पनी फाइजर र जर्मन बायो प्रविधि कम्पनी बायोएनटेक विरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले आफ्नो खोप प्रविधिको महत्वपूर्ण फिचर चोरेको भन्दै सो मुद्दा हालेको हो ।

मोडेर्ना र फाइजर–बायोएनटेक दुबै कोभिड विरुद्धको शीर्ष खोप निर्माता कम्पनी हुन् । आफ्नो खोप बनाउन फाइजरले मोडेर्नाको प्रविधि चोरेको आरोप लगाइएको छ । फाइजर र बायोएनटेकको कोमिर्नाटी खोपले मोडेर्नाले वर्षौ अघि प्रविधि सुरक्षणका लागि दर्ता गराएका कयौं प्याटेन्टको उल्लंघन गरेको मोडेर्नाले शुक्रवार बताएको थियो ।

कम्पनीले अमेरिकाको संघीय अदालत र जर्मन अदालतमा प्याटेन्ट उल्लंघनसम्बन्धी मुद्दा दायर गराएको छ । मोडेर्नाको मुद्दाको पूर्ण रुपमा समीक्षा नगरेको तर मुद्दा दायर भएको देखेर आफू अचम्भित बनेको फाइजरकी प्रवक्ता पाम इसेलले भनेकी छिन् । आफ्नो खोप फाइजर र बायोएनटेकले दुबैले विकास गरेको प्रोपराटरी प्रविधिमा आधारित भएको फाइजरको भनाइ छ । यो मामिलामा कम्पनीविरुद्ध लगाइने कुनै पनि आरोपको जोरदार खण्डन गर्ने उनले बताएकी छिन् ।

मोडेर्ना र फाइजर दुबैको कोरोना भाइरस विरुद्धको खोप दुई दुई मात्रा लगाउनु पर्छ । यी खोपमा दुबैले एमआरएनए प्रविधिको प्रयोग गरेका छन् । कोभिड शुरु हुँदा फाइजर र बायोएनटेक दुबैसँग कोभिड विरुद्धको एमआएनए खोप बनाउने अनुभव नभएको म्यासाचुसेट्सको जिल्ला अदालतमा दायर मुद्दामा मोडेर्नाले भनेको छ ।

यसमा भाइरसको आरएनए अर्थात् आनुवंशिक संरचनाको एउटा अंशलाई लिपिडको लेप लगाएर शरीरका कोषमा छिर्न सक्ने बनाइएको हुन्छ । परम्परागत खोप भन्दा एमआरएनए खोप नितान्त फरक छ । मोडेर्नाका अनुसार उसले सन् २०१० मै एमआरएनए प्रविधिमा अधारित भएर खोप बनाउन शुरु गरेको थियो ।

यसैका कारण सन् २०२० को शुरुमा कोभिडको महामारी शुरु हुने बित्तिकै कम्पनीले चाँडै नै कोरोना भाइरस विरुद्धको खोप बनाउन सकेको कम्पनीको भनाइ छ । तर, क्लिनिकल परीक्षणहरुले दुबैको खोप उच्च प्रभावकारी रहेको देखाएपछि सोही वर्षको अन्त्यमा अमेरिकी नियामकहरुले फाइजर र मोडेर्ना दुबैको खोपलाई प्रयोगको अनुमति दिएका थिए ।

आफूले एमआरएनए खोप बनाउन अर्बौै डलर खर्चेको मोडेर्नाको सीईओ इटेफन बान्सेलल एउटा पूर्वतयार विज्ञप्तिमा भनेका छन् । मोडेर्नाले नेशनल इन्ष्टिच्यूट अफ हेल्थमा वैज्ञानिकहरुसँगको सहकार्यमा खोपको परीक्षण र विकास गरेको थियो । मुद्दामा सो सहकार्यबाट उत्पन्न प्रविधिको प्याटेन्टबारे नभएको बताइएको छ ।

यसमा सन् २०१० देखि सन् २०१६ को बीचमा कम्पनीले दर्ता गराएको प्याटेन्ट उल्लंघनलाई समेटिएको बताइएको छ । मोडेर्नाले सन् २०२० मा महामारी चलिरहँदा कोभिडसम्बन्धी प्याटेन्टहरु लागू गर्ने भनेको थियो । पछिल्लो समय विश्वभर खोपको आपूर्तिमा सुधार आएको भन्दै कम्पनीले वाचा फेरेको छ ।

न्यून र मध्यम आय भएका देशमा प्रयोग गरिने खोपमा कम्पनीले प्याटेन्टको दाबी नगर्ने भएको छ । तर फाइजर र बायोएनटेक जस्ता कम्पनीहरुले भने आफ्नो बौद्धिक सम्पत्तिको सम्मान गर्छ भन्ने आशा गरेको मोर्डोले बताएको छ । अन्य बजारमा कम्पनीहरुले आग्रह गर्छन् भने व्यवासयिक रुपमै लाइसेन्स प्रयोग गर्न दिने समेत उसले बताएको छ ।

गएको वर्ष फाइजरले विश्वभर ३६ अर्ब डलर बराबरको खोप बेचेको थियोे । यो वर्ष पनि खोप विक्रीको आय ३३ अर्ब डलर रहने अपेक्षा गरिएको छ । गएको वर्ष मोडेर्नाले भने खोप बेचेर १७ अर्ब ६० करोड डलर मात्रै काएको थियो । यो वर्ष भने खोप विक्रीको आम्दानी २१ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ । स्पाइक म्याक्स अहिले बजारमा रहेको यसको एउटै मात्र खोप प्रडक्ट हो । यसले एमआरएन प्रविधिको प्रयोग गरे अन्य खोप पनि बनाइरहेको छ । एजेन्सी

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.