• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालमा सर्जिकल अंकोलोजी र अंकोलोजीष्टको अवस्था

  •  बुधबार, भदौ १५, २०७९ मा प्रकाशित

हाम्रो देशका एकजना विद्वान पूर्व प्रधानमन्त्रीले बारम्बार भन्नुहुन्छ । देशलाई क्यान्सर लागेको छ, अप्रेसन गरेरै ठीक पार्नुपर्छ । हो यस्तै बिचारहरु थुप्रै अन्य वक्ताहरुले पनि बेला बखतमा भाषण गर्दा भन्ने गर्नुहुन्छ । साच्चिकै रूपमा पनि क्यान्सर एउटा घातक दीर्घरोग हो । विश्वमा हरेक वर्ष करिब एक करोड नब्बे लाख क्यान्सरका नयाँ रोगी थपिन्छन भने करिब एक करोडको मृत्यु हुने गर्दछ ।

नेपालमा पनि हरेक वर्ष करिब तीस हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन भने करिब बीस हजारको मृत्यु हुने गर्दछ । यस बर्षदेखि मुटुका रोगीलाई उछिनेर क्यान्सर सबैभन्दा धेरै मृत्युको कारण भईसकेको छ ।
क्यान्सरको मुख्य उपचार भनेको अप्रेसन, केमोथेरापी र रेडियोथेरापी हो । क्यान्सरको अप्रेसन गरेर उपचार गर्ने बिषयलाई सर्जिकल अंकोलोजी भनिन्छ भने अप्रेसन गर्ने चिकित्सकलाई सर्जिकल अंकोलोजीस्ट भनिन्छ । हाल विश्वमा क्यान्सरको निदान भैसकेपछि एउटा क्यान्सरको टिमले आवश्यक परामर्श गरेपछि मात्र उपचार गर्दा राम्रो हुन्छ भन्ने मान्यता स्थापित भईसकेको छ ।

यस टिममा सर्जिकल अंकोलोजीस्ट, मेडिकल अंकोलोजीस्ट र रेडियसन अंकोलोजीस्टको अनिवार्य उपस्थिति चाहिन्छ र आवश्यकता अनुसार प्याथोलोजिस्ट, रेडियोलोजिस्ट, एनेस्थेसिया, नर्सिङलाई पनि समावेस गरिन्छ । भने धेरै जसो क्यान्सरले उपचारको लागि सर्जिकल अंकोलोजीस्टले नेतृत्व गर्नु पर्दछ्र सर्जिकल अंकोलोजीस्टको उपचारको विभिन्न चरणमा योगदान गर्दछ ।

क्यान्सर सर्जनले क्यान्सर हुनबाट बचाउन क्यान्सर हुन सक्ने अवस्थाका अंगहरु काटेर क्यान्सर लाग्न नै नदिन सक्छ । जस्तै आन्द्राका पोलिपहरु शतप्रतिशत क्यान्सरमा परिणत हुन्छन, यस्तो अवस्थामा सानो उमेरमा आन्द्राको अप्रेसन गर्नाले आन्द्राको क्यान्सरबाट बच्न सकिन्छ । त्यसै गरी क्यान्सरको रोगमा निदान गर्न बायोप्सी गर्न सर्जन नभई हुँदैन, साथै इन्डोस्कोपी, ल्याप्रोस्कपी अप्रेसन आदि गरेर सर्जनले नै क्यान्सर को स्टेजिङ गर्छन तब मात्र उपचार सुरु हुन्छ ।

क्यान्सरको एकमात्र पूर्ण निको हुने विधि भनेको अप्रेसन हो । जो सर्जनले मात्र गर्न सक्छ । अप्रेसन पनि धेरै प्रकारका हुन्छन जस्तै क्युरेटिभ, प्यलिएटिभ, सर्पोटिभ, रिह्यबिलेसन तथा कस्मेटिक आदि यसको साथै बिरामीको फलोअप, क्यान्सर अनुसन्धान र ट्रेनिंग पनि सर्जिकल अंकोलोलोजिस्टले नै नेतृत्व गर्नु पर्ने हुन्छ । क्यान्सरको विभिन्न स्टेज हुन्छ, जिरो स्टेज र स्टेज एकका बिरामीहरु अप्रेसन गरेर मात्र पूर्ण निको हुन्छ । भने दोश्रो स्टेजका धेरै जसो बिरामीलाई पनि अप्रेसन मात्र चाहिन्छ । त्यसपछिको स्टेजलाई मात्र अरु उपचार चाहिन्छ । त्यसले सर्जिकल अंकोलोजी र सर्जिकल अंकोलोजीस्टको क्यान्सरको उपचारमा मुख्य भूमिका हुन्छ । त्यसैले क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा थोरै पैसामा सानो अप्रेसन गरेर पूर्ण निको बनाउन सकिन्छ ।

नेपालमा क्यान्सरको अप्रेसन धेरै अस्पतालहरुमा हुन्छ, जनरल अस्पताल देखि क्यान्सर अस्पतालहरुमा क्यान्सरको अप्रेसन गर्ने सर्जनहरु पनि विभिन्न प्रकारका छन । धेरैजसो अस्पतालमा जनरल सर्जनले गर्दछन् । भने केहि ठाउँमा जनरल सर्जरी गरेर क्यान्सरमा ट्रेनिंग गरेकाले अप्रेसन गर्दछन । थुप्रै अध्ययनले पृष्टी गरिसकेको छ कि क्यान्सर अप्रेसन क्यान्सर सर्जनले गर्दा बिरामीहरुको उचित र राम्रो उपचार हुन्छ । त्यसैले सम्भव भएसम्म क्यान्सर बिरामीको अप्रेसन क्यान्सर सर्जन अर्थात सर्जिकल अन्कोलोजीस्ट द्धारा नै गराउनु पर्छ त्यस्तै अस्पतालको हकमा जनरल अस्पताल वा क्यान्सर अस्पतालमा अप्रेसन गर्दा कुनै फरक पर्दैन, अझ जनरल अस्पतालमा अन्य विशेषज्ञको सेवा पनि उपलव्ध हुने हुँदा झन राम्रो हुन्छ ।

अन्त्यमा आफ्नो बारेमा पनि केही कुरा सर्वसाधारण बीच जानकारी गराउन चाहन्छु । मैले २०४३ सालमा चिकित्सक भएपछि र २०४६ साल देखि सर्जनको अनुभव छ । जनरल सर्जरी स्नाकोत्तर गरी क्यान्सर सर्जरी र सर्जिकल अंकोलोजिमा पीएचडी गर्ने नेपालको पहिलो र एक मात्र अंकोलोजीष्ट छु । साथै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भक्तपुरको क्यान्सर अस्पतालको बाह्रौं तहको पहिलो वरिष्ठ क्यान्सर सर्जिकल अंकोलोजीष्टको रुपमा सेवा अवसर साथै प्रसासनिक रूपमा दुबै अस्प्तालको विभागीय प्रमुख र अस्पताल प्रमुखको जिम्मेवारी बहन गरिसकेको छु ।

नेपालमा क्यान्सर रजिष्ट्रीको जन्मदाताको भुमिका निर्वाह गर्ने तथा नेपालको पहिलो क्यान्सर जर्नलको प्रमुख सम्पादक को जिम्मेवारी प्राप्त गरेको छु । त्यस्तै गरी हाल बि एन्ड बि अस्पतालमा सर्जिकल अंकोलोजी बिभागको बिभागीय प्रमुख हुनुको साथै नेपाल क्यान्सर समाजको केन्द्रीय अध्यक्षको रुपमा नेतृत्व गर्ने अवसर प्राप्त गरेको छु ।


( लेखक वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल,भरतपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ क्यान्सर सर्जन हुनुहुन्छ । )

बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.