• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

४५ प्रतिशत कुष्ठ रोगी मधेश प्रदेशमा

  •  बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशको जिल्लाहरूमा प्रभावकारी कुष्ठ रोगको खोजतलास तथा उपचार नगरेको खण्डमा नेपाल सरकारले लिएको कुष्ठरोग उन्मूलनको नीति कार्यान्वयन गर्न कठिन हुने भएको छ ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा मधेश प्रदेशको बढी कुष्ठरोगी भएको धनुषा तथा महोत्तरी जिल्लामा शुरु भएको कुष्ठरोग सार्ने क्रमलाई रोक्ने परिष्कृत पद्धतिको बारेमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका सहभागी विज्ञहरूले सन् २०३० सम्ममा नेपालबाट कुष्ठरोग उन्मूलन गर्न कठिन हुने बताउनुभयो ।

अहिले मधेश प्रदेशको धनुषामा १ हजार ४ सय ८३ र महोत्तरी जिल्लामा १ हजार ७ सय ३० जना कुष्ठरोगीहरु रहेको आर ई पी प्लस प्लस कार्यक्रमका संयोजक डा. रविन्द्र कुशवाहाले जानकारी दिनु भयो । देशमा रहेका कूल कुष्ठ रोगी मध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत रहेको जानकारी दिँदै यो कार्यक्रम रौतहट, बारा तथा पर्सा जिल्लामा यस अघि नै सञ्चालनमा रहेको जानकारी डा. कुशवाहाले दिनुभयो ।

उहाँले कुष्ठ रोगीको सम्पर्कमा लगातार रुपमा २० घण्टासम्म रहेका खण्डमा रोग सर्ने भएकाले यसको शङ्का लागेको खण्डमा समयमा नै परीक्षण तथा औषधि सेवन गर्नका लागि सुझाव दिनु भयो । आफूहरू अहिले खोज गर्ने काम जारी राखेको पनि डा. कुशवाहाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै मधेश स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कुष्ठरोग गरिबी तथा अशिक्षाका कारणले बढी मात्रामा हुने गरेको बताउँदै यसको समयमा उपचार गरेको खण्डमा अङ्गभङ्ग हुनबाट जोगिन सक्ने भएकाले पुरानो मान्यतालाई परित्याग गरेर उपचारमा आउनका लागि सुझाव दिनु भयो ।

उहाँले पुरातन सामाजिक मान्यतालाई चिर्दै गरिबी निवारण तथा शिक्षाको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक भएको बताउँदै समुदायमा नै स्वास्थ्य शिक्षा कार्यक्रम गरेर कुष्ठरोगको उपचार तथा निदानको कार्यक्रम गर्न आवश्यक भएको बताउनु भयो ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले मधेश प्रदेश तथा देशकै स्वास्थ्य समस्याको रुपमा कुष्ठरोग भएपनि घर दैलो कार्यक्रम गर्नका लागि मधेश प्रदेश तथा संघ सरकारले बजेट विनियोजन नगरेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले सन् २०३० सम्ममा मुलुकमा कुष्ठरोगी उन्मूलन गर्ने लक्ष्य लिएको बताउँदै १० हजार जनसङ्ख्यामा १ जनामा रोग भएको खण्डमा उन्मूलन भएको मान्न सकिने मान्यता भएको बताउनु भयो ।

सोही कार्यक्रममा कुष्ठरोगको खोजतलास तथा रोगीलाई उपचारमा ल्याउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन, समन्वय तथा सहकार्य गर्न प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादवको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गर्नुका साथै मधेश प्रदेका स्वास्थ्य निर्देशक विजय कुमार झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह सहित तीन जनाको सल्लाहकार समिति गठन गरेको निर्देशनालयका कुष्ठरोग सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिनु भयो ।

बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.