• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सरकारी अस्पतालमा उपचार गराउन मन्त्री खापुङको आग्रह

  •  शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभएको छ । उहाँले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा नीजि अस्पतालमा गम्भीर प्रकृतिका रोगको उपचार गर्दा धेरै खर्च हुने अवस्थाबाट जोगिन सरकारी अस्पतालमा उपचार गर्न आग्रह गर्नुभएको हो ।

“घातक रोग लागेका बिरामी नीजि अस्पतालमा जाने पैसा, सम्पत्ति सबै सक्ने र पछि सरकारी खोज्ने गरेको धेरै पाइयो, यसो नगर्नुस् सुरुमै उपचार गर्न सरकारी अस्पताल जाने बानी बसाल्नुस्”, मन्त्री खापुङले भन्नुभयो । उहाँले आफूले नीजि अस्पताललाई दूरुत्साउन नगरेको उल्लेख गर्दै सक्ने हैसियत भएका मात्रै नीजि अस्पतालतिर उपचार गर्न जानसक्ने बताउनुभयो ।

मन्त्री खापुङले सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक पालिकामा पाँचदेखि १५ शय्यासम्मको अस्पताल निर्माण भइरहेको र गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिइरहेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “अब जिल्लालाई हरेक क्षेत्रमा नमूना बनाउने जिम्मा जिसस पदाधिकारी र स्थानीय जनप्रतिनिधि कै हो, स्वास्थ्य क्षेत्रमा सबै मिलेर वार्षिक कार्यक्रम निर्माण गरी काम लाग्नुहोस्, यसपछि नागरिकले सवल स्वास्थ्य सेवाको महसुस गर्नेछन् ।”

मन्त्री खापुङले फरक प्रसङ्गमा सङ्घीयताको अभ्यास भइरहँदा केन्द्रको अधिकार गाउँमा लैजाने क्रममा जिल्लास्थित अस्पतालका चिकित्सक तथा कृषि वैज्ञानिकसमेतलाई स्थानीयस्तरमा लैजाने भन्ने जनाइएपनि सबै क्षेत्रमा त्यस्तो नभएको धारणा व्यक्त गर्नुभयो । “स्थानीय तहमा भएका योग्य, सक्षम, विज्ञ जति जिल्लामा, जिल्लामा भएका प्रदेशमा, प्रदेशमा भएका केन्द्रमा जाँदा गाउँ खाली भएकै अवस्था हो, यस प्रवृत्तिलाई अब मिलाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यका गतिविधिको अनुगमन स्थानीय जनप्रतिनिधिलेनै गर्नुपर्ने उल्लेख गर्दै स्वास्थ्यको बजेट स्थानीय तहमानै पठाउने प्रणालीका लागि छलफल भइरहेको बताउनुभयो । धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकाजूले एक चिकित्सकले ४० हजार नागरिकलाई हेर्नुपर्ने अवस्थाबाट १० हजारसम्ममा ल्याइनु स्वास्थ्य क्षेत्रमा प्रगति भएको मान्नुपर्ने बताउनुभयो । सो अवसरमा जिसस प्रमुख दिप गौतमले सबै क्षेत्र मिलेर नागरिकलाई स्वस्थ बनाउन वार्षिक कार्यक्रमसहित स्थानीयस्तरमा जाने बताउनुभयो । रासस

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.