• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ७ मिनेट 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ३६ मिनेट 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ५ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ५ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ५ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यचौकीमा प्रयोगशाला आधुनिक नहुँदा बिरामीलाई सास्ती

  •  शनिबार, भदौ १८, २०७९ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रयोगशाला आधुनिक नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । आधुनिक उपकरण नहँुदा प्रयोगशालाका प्राविधिकले हातैले र माइक्रोस्कोपको सहायताले सामान्य प्रकारको परीक्षण मात्रै गर्दै आएका छन् । मलेरिया, क्षयरोग, युरिक एसिड, सुगर र रगतको सामान्य परीक्षणको कार्य प्रयोगशालाबाट हुने गरेको छ ।

रगतको मात्रा, हेमोग्लोविनको अवस्था, डब्लुबिसी, आरबिसीलगायत परीक्षणका लागि बिरामीलाई बाह्य क्षेत्रमा स्वास्थ्यकर्मीले पठाउँदै आएका छन् । हातैले परीक्षण गर्दा थोरै बिरामीले सेवा पाउने अवस्था रहेको प्रयोगशालाका प्राविधिक बताउँछन् । “परीक्षणको दायरा बढाउनका लागि आधुनिक मेसिनको आवश्यकता हुन्छ”, पिपलाडी स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट वसन्त धामीले भन्नुभयो, “नगरपालिकासँग ल्याबका लागि स्वचालित मेसिन माग गरेका छौँ, माग गरेअनुसारका मेसिन उपलब्ध हुन सकेका छैनन् ।” नगरपालिका क्षेत्रमा चार वटा स्वास्थ्य संस्थामा प्रयोगशाला रहेका छन् ।

पीपलाडी स्वास्थ्यचौकी, झलारी स्वास्थ्यचौकी, पीताम्बर स्वास्थ्यचौकी र बन्साहा सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला रहेका छन् । पीपलाडी स्वास्थ्यचौकीमा झण्डै एक दशकअघिदेखि प्रयोगशाला सञ्चालनमा रहेको छ । अन्य तीन वटा स्वास्थ्यचौकीमा गएको पाँच वर्षमा प्रयोगशाला थपिएका हुन् । “प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रसँग प्रयोगशालाका लागि आवश्यकपर्ने मेसिनको माग गरेका छौँ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “प्रयोगशालाका लागि सेमि अटोएनलाइजर र कुल्टरकाउन्टर मेसिनको आवश्यकता छ, त्यसकै माग गरेका छौँ ।”

एउटै मेसिनको रु चार लाखदेखि रु सात लाखसम्म पर्ने भएकाले नगरपालिकाको बजेटले नभ्याउँदा प्रदेशलाई गुहार्नुपरेको उहाँले बताउनुभयो । उपकरण जडान तथा खरिदका लागि नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको रकमबाट पीपलाडी स्वास्थ्यचौकीमा डिजिटल एक्स–रे मेसिन जडान गरिने र रकम बाँकी रहे आवश्यक उपकरण खरिद गरिने शाखा प्रमुख भट्टले बताउनुभयो । “आधुनिक उपकरण र मेसिनको स्वास्थ्यचौकीमा उपलब्धता भए सर्वसाधारणले सहजरुपमा सेवा पाउछन्”, उहाँले भन्नुभयो, “चर्को शुल्क तिरेर बाह्य क्षेत्रमा परीक्षणकै लागि जानु पर्दैन ।” रासस

शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.