• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ५४ मिनेट 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ६ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ६ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ६ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ६ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

  •  शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आजदेखि पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावना प्रबल बनेको उल्लेख गर्नुभयो ।

उहाँले पूँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “समाजमा विद्यमान बढ्दो अन्तरविरोधले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाइँको क्षेत्र बनिरहेको छ ।”

स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविष्कारले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना रहेको पनि उहाँले औँल्याउनुभयो ।

जनस्वास्थ्यकर्मी महासङ्घ तथा यससँग सम्बन्धित सबै घटक सङ्गठन जिम्मेवार बनेर जनस्वास्थ्यलाई सुलभ, सहज भरपर्दो बनाउने र जनतामा जनचेतना फैलाउने दायित्व राम्रोसँग निभाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पूँजीवादी विकृति स्वास्थ्य क्षेत्रमा नराम्रोसँग प्रवेश गरेको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने क्रियाकलाप अहिले पनि कायमै छ । पूँजीवादी विकृतिलाई नियन्त्रण, विरोध र भण्डाफोर गर्ने दायित्य पनि प्रगतिशील सङगठनको काँधमा छ ।”

उहाँले दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमासम्बन्धी नयाँ नीति ल्याएर लागू गरे पनि चाहेअनुसार अहिले अगाडि बढ्न नसकेको बताउनुभयो ।

“स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्र र जनताका लागि महत्वपूर्ण छ । यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन नगरिए विकृति र विसङ्गति आउने छ, हाम्रो ध्यान त्यसमा जानु पर्दछ”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रबाट जनतामा चेतना अभिवृद्धि र जागरण ल्याउन महाधिवेशनले ठोस सुझाव दिने र पार्टीसमेत त्यसबाट लाभान्वित हुने विश्वास गर्नुभयो ।

नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारका रूपमा परिभाषित गरिए पनि उपयुक्त कानून बन्न नसक्दा कार्यान्वनमा चुनौती देखिएको अध्यक्ष दाहालको भनाइ छ ।

महाधिवेशनमा देशैभरिबाट गरी पाँच सय प्रतिनिधि र ७५ पर्यवेक्षक गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महासङ्घका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिनुभयो । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइन्छ ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय, समाजवादोन्मुख स्वास्थ्य नीति, स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीका पेशागत अधिकारबारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सबल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।

विसं २०६३ मा स्थापना भएको सङ्गठन विसं २०६५ मा महासङ्घमा परिर्वतन हुँदै आफ्ना कार्यक्रम अगाडि बढाइरहेको र महासङ्घमा देशभर गरी ५० हजार सङ्गठित सदस्य आबद्ध रहेको महासङ्घका नेता सागर लुइँटेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको कार्यालयमा आबद्ध स्वास्थ्य स्वयंसेविकादेखि १२ तहका स्वास्थ्यकर्मीसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखि उच्चपदस्थ प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्यव्यवसायीदेखि औषधि उत्पादन गर्नेसम्म महासङ्घमा आबद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।

देशभर व्यक्तिगतरूपमा स्वास्थ्य पेशामार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलगायत सशस्त्र युद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीसमेत यस महासङ्घमा आबद्ध छन् । रासस

शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.