मनिला । फिलिपिन्समा सोमबार एक हजार ५७४ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०९,७७२ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २४,५०२ मा झरेको छ । थप ४० बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,८२ पुगेको छ। (रासस-सिन्ह्वा)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु