• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ४ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २१ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २१ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २२ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २३ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव

  •  शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

पाल्पा । पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो ।

अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार केन्द्रको अभाव खड्किएको छ । पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व (नवलपुर) क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा प्रत्यक्ष अस्पतालसँग जोडिएका छन् । यी क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिने भरपर्दो र दैनिक जीवनयापनसँग जोडिएको अस्पताल हो । सेवाग्राहीको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा विभिन्न प्रकृतिका बिरामी उपचारमा आउने गरेको पाइन्छ ।

पछिल्लो समय यस क्षेत्रमा सडक स्तरोन्नति तथा पक्की बन्दै जाँदा दुर्घटना दिनहुँजसो हुने गरेको छ । आकस्मिक सेवा लिन आउने बिरामीलाई तत्काल रक्तसञ्चार दिनुपर्ने हुँदा रगत अभावको समस्या स्थानीयले भोगिरहेका छन् । कतिपय सन्दर्भमा रक्तदान गर्न इच्छुक भए पनि समूह नमिल्दा अप्ठ्यारो स्थिति पनि भोग्नु परिरहेको छ ।

अस्पतालको दायरा बढ्दै जाँदा धेरै टाढाका बिरामी सेवा लिन आउने क्रम बढिरहेको हुँदा कतिपय बिरामीलाई तत्काल ब्लड दिनुपर्ने अवस्था रहेकाले यहाँ रक्तसञ्चार केन्द अति आवश्यक रहेको रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल (रमेश) बताउनुहुन्छ ।

“अस्पताल आफैँले मात्रै पहल गरेर मात्रै हुँदो रहेनछ, रक्तसञ्चार केन्द्र स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखासँग कुरा भइरहेको छ,” उहाँले भन्नुभयो, “यस सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागमा पत्र पठाइएको छ तर रक्तसञ्चार केन्द्र स्थापनाका लागि अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।”

रेडक्रसको पहलमा रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने कुरा भए पनि स्थानीय सरकार, अस्पताल विकास समिति र रेडक्रस समितिबीचको छलफल गर्ने तालमेल नमिल्दा अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले बताउनुभयो ।

“केन्द्र स्थापना नहँुदासम्मका निम्ति हाललाई स्थानीयबाट रक्त समूह पहिचान गरेर राखिएको छ, अति आवश्यक परेको खण्डमा बिरामीलाई रगत उपलब्ध गराइएको छ, यसले ठूलो राहत मिलेको छ,” उहाँले भन्नुभयो ।

रेडक्रस सोसाइटी र रामपुर अस्पतालको समन्वयमा तत्काल रक्तसञ्चार दिनुपर्ने बिरामीलाई दृष्टिगत गर्दै विभिन्न स्थानमा शिविर आयोजना गरी रक्त समूह पहिचान गर्ने काम भएको छ । यहाँ पहिलो चरणमा रामपुर नगरपालिका–५, ६ र ७ तथा शहीद बहुमुखी क्याम्पसमा शिविर आयोजना गरी रक्त समूह पहिचान गरिएको छ । अब क्रमशः नगरका अन्य वडा तथा स्थानमा शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

अस्पतालमा बिरामीको अवस्था हेरेर चिकित्सकको सल्लाहमा आवश्यकता पहिचान गरी ब्लड दिने गरिएको छ । यहाँ केन्द्र स्थापना भएको खण्डमा रक्तसञ्चार अभाव हुने समस्या सधाका लागि हट्नेछ । रामपुर अस्पतालमा निर्माण भइरहेको भवन सकिन लागेकाले रक्तसञ्चार केन्द्र स्थापनका लागि पूर्वाधारको समस्या भने हुनेछैन ।

चिरफार, दुर्घटना, हड्डी, गाइनोलगायत ठूला–ठूला रोगको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक पर्ने भएकाले ब्लड बैंक स्थापना गरी पहिले नै रगत सङ्कलन गरियो भने रामपुरमा जुनसुकै समय पनि रगतको अभाव नहुने सिटी मेडिकल हल रामपुरका सञ्चालक अमृत काफ्ले बताउनुहुन्छ । “अहिलेलाई काम चलाउन आवश्यक पर्दा रक्त समूह परीक्षण गरेर तत्काल रगत झिकेर दिने गरिएको जानकारी छ, अस्पतालको सेवासुविधा बढ्दै जाँदा यहाँ ब्लड बैंक नै आवश्यक छ, यसको व्यवस्थापनका लागि सम्बन्धित निकाय तात्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मेडिकलमा सेवा लिन आउने सेवाग्राहीलाई रगत अभावको समस्या देखिएमा रामपुर अस्पताल, सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पठाउने गरिएको छ । सुत्केरी र आकस्मिक रुपमा अस्पतालमा भर्ना हुने बिरामीलाई रगत तत्काल आवश्यक पर्ने हुँदा दीर्घकालीन रुपमा यसको व्यवस्थापन गरिनुपर्ने बताउनुहुन्छ, युवा अशोक श्रेष्ठ ।

सामान्य स्वास्थ्य सेवासम्मको पहुँच सम्पूर्ण नागरिकको अधिकार हो । व्यवस्थित तरिकारले सञ्चालन भएको रक्तसञ्चार सेवा स्वास्थ्य सेवाको एउटा अभिन्न अङ्गका रुपमा पदर्छ, जसको माध्यमबाट धेरै जीवन बचाउन सकिन्छ । त्यसकारण गाउँ गाउँमा यसको पहुँच पु¥याउन सकियो भने रगत अभावमा कोही पनि बिरामीले अकालमा मृत्युवरण गर्नु पर्दैन ।

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.