जनशक्ति : अर्थोपेडिक अंकोलोजीलाई अर्को शब्दमा बोन एष्ड सफ्ट टिसु ट्यूमर सर्जरी पनि भन्ने गरिन्छ । नेपालमा यस खाले अर्थोपेडिक क्यान्सर सर्जरी गर्ने जनशक्ति करिब एक दर्जन सङ्ख्यामा छौं । काठमाण्डौं बाहिर जम्मा दुई तीन जना मात्र रहेका छौं । यो हातमा गन्न सकिने जनशक्तिले बिरामीको बढ्दो सङ्ख्यालाई उपचार सेवा दिन निकै गाहे भैरहेको छ ।
सेवा प्रदान गर्ने संस्थाको अबस्था : बोन एष्ड सफ्ट टिसु ट्यूमरको उपचार एउटै मात्र पद्धतिले गर्ने हुंदा यस खाले बिरामीको उपचार क्यान्सर सेवा दिने संस्थामा मात्र सिमित देखिन्छ । खास गरि अर्थोपेडिक अंकोलोजीका बिरामीहरुको उपचारमा सर्जन भएर मात्र पुग्दैन । यसका लागि मेडिकल अंकोलोजीष्ठ,रेडियो अंकोलोजीष्ठ, रेडियोलोजीष्ठ ,प्याथोलोजीष्ठ र तालिम प्राप्त नर्स लगाएतको आवश्यकता पर्दछ । तसर्थ सबै स्वास्थ्य संस्थाहरुबाट यस खाले बिरामीको सहज उपचार गर्न सकिदैन् ।
प्रभााबित बिरामीको सङ्ख्या : यस प्रकृतीका प्रभावित बिरामीको सङ्ख्यात्मक अबस्था भन्नु पर्दा पछिल्लो समय मेडिकल क्षेत्रको बिकासले गर्दा पनि होला । धेरै बिरामीहरु दैनिकरुपमा हाम्रो बहिरंङ्ग सेवा दिनेक्रममा देखा परेको पाइन्छ । कतिपय अबस्थामा हाड्जोर्नी तथा नशाका बिरामीहरु अन्य बिद्याका चिकित्सकहरु संग चेकजाँच गरि हामी कहाँ ढिलो आहुंदा रोगको अबस्था निकै छिप्पी सकेको देख्दा दुख लाग्दछ । यदि समयमा क्यान्सर रोग पत्ता लागेमा पूर्णरुपमा बिरामी निको हुन्छ । जुन कुरा यो हाड्जोर्नी तथा नशाका बिरामीहरुमा पनि लागु हुने गर्दछ ।
उपचार र आर्थिक लागत : जुनसूकै क्यान्सर रोग यदि समय मै निदान भइ सम्बन्धित बिशेषज्ञले बिरामीलाई सही तरिकाले उपचार गर्ने वातावरण भएमा माथि उल्लेख गरेजस्तै पूर्णतया निको पार्न सकिन्छ । क्यान्सर रोग समयमा उपचार गर्न नसकेमा जति गाहे छ । आर्थिक हिसाबले यो उपचार पद्धति उतिकै खर्चिलो र जटिल पनि छ । सामान्य नागरिकले क्यान्सरको उपचार सेवा लिन निकै गाहे पर्दछ । नेपाल सरकारले यस बिषयमा मध्यनजर गर्दै बिरामीको उपचारका लागि केहि आर्थिक सहयोग नीतिगत रुपमा लागु गरेकाले गरिब बिरामीको लागि धेरै सहज भएको छ ।
सुझाब तथा सल्लाह : म आफू समेत धेरै लामो समय देखि क्यान्सर संस्थामा सेवारत भएकै कारण पनि बिरामीका पिडा साथै सरोकार निकायका कार्यक्रम बारे सामान्यतया जानकार छु । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले अस्पतालमा दिने सेवा संगै बिभिन्न क्यान्सर रोग र बच्ने उपाए बारे प्रत्यक्ष समुदायका नागरिक बिच गइ सचेतना कार्यक्रम गर्ने । यस्तै गरि संञ्चार माध्यम मार्फत सचेतनामूलक कार्यक्रमलाई प्रकाशन तथा प्रसारण गर्न सकेमा धेरै राम्रो हुने देख्दछु । त्यस्तै गरि क्यान्सर रोगबाट बच्नका लागि खानपान,समय समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गर्ने । यसरी माथि उल्लेख गरिएका कुराहरुलाई व्याभारिक रुपमा अगाडि लैजान सकेमा क्यान्सर रोगको प्रभावलाई केहि हद कम गर्न सकिने अपेक्षा गर्न सकिन्छ ।
लेखक वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको अर्थोपेडिक विभागको प्रमुख तथा सो अस्पतालमा लामो समय देखि कार्यरत बरिष्ठ अर्थोपेडिक क्यान्सर सर्जन हुनुहुन्छ ।
