• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • १ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • १ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १८ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १९ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • २० घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २१ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ८. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ९. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • १०. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’

  •  आइतबार, असोज ०२, २०७९ मा प्रकाशित

गलेश्वर ।म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा सङ्क्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेङ्गु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

बेनीबजारभित्रका दुवै वडामा आमासमूह, टोल सुधार समिति, नेपाल प्रहरी, युवाक्लब, विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाइसहितको अभियानमा जुटेका थिए ।
स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौँको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेङ्गु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसमेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्रयाइँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधि सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माइकिङसमेत गरिएको छ ।

डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेङ्गु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै सङ्क्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेङ्गुबाट जोगिन वनजङ्गलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेङ्गु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रासस

आइतबार, असोज ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.