पोखरा । स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ बाट चिकित्सक सहित १९ जना सम्मानित भएका छन ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन्। अवार्डबाट १० जना चिकित्सक, तीनजना स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था ३ वटा र पत्रकार दुईजनालाई सम्मान गरिएको नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिए ।
सम्मानित हुने चिकित्सकहरुमा डा.छविलाल थापा, डा.रामकुमार श्रेष्ठ,डा.श्रीकृष्ण श्रेष्ठ,डा.बाल गोपाल कर्माचार्य र डा.शरदचन्द्र बराल रहेका छन । यस्तै अन्य सम्मानित चिकित्सकहरुमा महम्मद नुराल होडा,डा.राजेन्द्र खनाल, डा.जगनाथ तिवारी, दिपेश गुप्ता र डा.सन्तोष गुरुङ रहेका छन । यस्तै सम्मानित हुने स्वास्थ्यकर्मीमा पोखराका कृष्ण प्रसाद पाण्डे , गोरखाबाट संगमबाबु श्रेष्ठ र मुस्ताङ्गबाट कर्ण थकाली रहेका छन् । यस्तै सम्मानित हुने पत्रकारहरुमा पोखराका ऋषि खतिवडा र गुल्मी सुधन ज्ञवाली रहेका छन । यसैगरी तीनवटा स्वास्थ्य संस्थालाई सम्मानित गरेको छ ।
सम्मानित हुने संस्थामा गौतमबुद्ध सामुदायिक अस्पताल ,बुटवल,न्यूरो एण्ड एलाइड साईन्स, भैरहवा र राष्ट्रिय मृगौला उपचार केन्द्र, दमौली युनिटलाई सम्मानित गरिएको नेटवर्कका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो अवसरमा नेटवर्कका बजार संयोजक कृष्ण विक लाई सम्मानित गरिएको थियो ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड ( लुम्बिनी तथा गण्डकी प्रदेश विशेष ) को अवसरमा स्वास्थ्यक्षेत्र र स्वास्थ्य पत्रकारिता मार्फत योगदान दिने चिकित्सक, स्वास्थ्यकर्मी सहित पत्रकारहरु अवार्डबाट सम्मानित भएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि भौतिक तथा पूर्वाधार मन्त्री कुमार खड्का, अतिथिमा सांसद विष्णु लामिछाने ,नेटवर्कका संरक्षक एवं वरिष्ठ पत्रकार किशोर नेपाल, स्वास्थ्य सल्लाहकार वरिष्ठ मृगौला रोग बिशेषज्ञ प्राडा.ऋषि कुमार काफ्ले साथै जनसम्पर्क सल्लाहकार युवा समाजसेवी अर्जुन कुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरु सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री खड्काले स्वास्थ्य सेवा सर्वसाधरण जनताले सहज रुपमा लिन पाउने अवस्थाबारे सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य दर्पण अवार्ड प्राप्त गरेका व्यक्ति तथा संस्थाहरू थप जिम्मेवार हुनुपर्ने विश्वास व्यक्त गरे ।
विगतका बर्षहरुमा जस्तै काठमाडौं हुने बार्षिक अवार्ड कार्यक्रमलाई निरन्ततरता दिदै प्रदेश तहमा पनि छुटै अवार्ड कार्यक्रम गर्न लागिएको र यो पहिलो अवार्ड कार्यक्रम लुम्बिनी तथा गण्डकी दुई प्रदेशलाई संमावेश गरी अवार्ड कार्यक्रम राखिएको नेटवर्कका अध्यक्ष श्रेष्ठको भनाई छ । आगामी दिनमा बाँकी प्रदेशमा पनि यसै गरी निरन्तरता दिंँदै जाने श्रेष्ठले बताए ।
