पोखरा । डाक्टर बालगोपाल कर्माचार्य स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०७९(गण्डकी तथा लुम्बिनी प्रदेश बिशेष) बाट सम्मानित हुनु भएकोे छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा मंगलबार पोखरामा भएको कार्यक्रममा डा. कर्माचार्यलाई सो अवार्ड बाट सम्मानित गरिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , वरिष्ठ पत्रकार किशोर नेपाल सहितको आतिथ्यतमा उहांँलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा रहेर न्युरो सर्जरीको क्षेत्रमा सँस्थागत तथा विधागत विकासमा वरिष्ठ न्युरो सर्जनको रुपमा उहांँले पुर्याएको मूल्यांकन गर्दै अवार्डबाट सम्मानित गरिएको नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य संस्था, चिकित्सक,स्वास्थ्यकर्मी लगायत १९ जना व्यक्तित्व सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा एनआरएनए निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पत्रकार किशोर नेपाल, दीपेन्द्र श्रेष्ठ, विमला भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
