• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मध्यबिन्दु जिल्ला अस्पतालमा सुरु हुन सकेन डायलासिस सेवा

  •  शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित

त्रिवेणी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन । गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्यौल छ । सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणलगायत काम सकेर अनुगमनका लागि बिमा बोर्डलाई आग्रह गरिएको थियो तर अनुगमन र निःशुल्कमा सूचीकृत हुन नसक्दा सेवा प्रदान गर्न नसकिएको उहाँको भनाइ थियोे । “आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणजस्ता काम सकिएको छ, अब निःशुल्कमा सूचीकृत गरेर सेवा सुरु गर्ने तयारी हो”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “यसका लागि बिमा बोर्डले अनुगमन गर्नुपर्छ, अनुगमनको काम नहुँदा सञ्चालनको मिति धकलिएको छ ।”

उहाँले भन्नुभयो, “बिमा बोर्डले अनुगमन गरी निःशुल्कमा सूचीकृत गरेपछि मात्र सेवा सुरु गर्ने भनेका हौँ, अहिले पनि सेवा दिन नसकिने हैन, असारमा सबै तयारी पूरा भएको हो तर डायलासिसको सोधभर्ना हुने हुँदा, सशुल्क सुरु किन गर्ने भनेर हो ।”

दुई महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्दा सेवाग्राही भने मारमा परेका छन् । अन्यत्रबाट डायलासिस सेवा लिइरहेकाले जिल्लाबाट नै सेवा लिन सहज हुने भए पनि सेवा सुरु हुन नसक्दा सम्बद्ध बिरामी अन्य जिल्ला धाउनुपर्ने बाध्यतो छ ।

यसैबीच उक्त अस्पतालमा सामाजिक सेवा इकाइसमेत स्थापना गर्न लागिएको छ । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवामा विपन्न, ज्येष्ठ नागरिक, बेसाहारा व्यक्तिलाई आंशिक छुट वा पूर्ण छुट के गर्न सकिन्छ भनेर यकिन गरी सहजरुपमा उपचार सेवा प्रदान गर्न यस्तो इकाइ स्थापना गर्न लागिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यस्तो इकाइ नहुँदासमेत यस प्रकारका सेवा प्रदान गरिएकामा इकाइ स्थापनापछि थप व्यवस्थित हुनाका साथै सेवा प्रदानमा सहजता मिल्ने उहाँले बताउनुभयो ।

अस्पतालको मेसुमा डा जितेन्द्र कँडेल

मध्यबिन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा जितेन्द्र कँडेल नियुक्त हुनुभएको छ । यसअघिका मेसु डा वीरबहादुर थापाको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त रहेकामा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले उहाँलाई मेसुमा नियुक्त गरेको हो । म्याग्दीस्थित बेनी अस्पतालबाट सरुवा भएर आउनुभएको डा कँडेल निमित्त मेसुका रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस

शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.