• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २१ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २२ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २२ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २४ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण : स्वास्थ्यमन्त्री खापुङ

  •  शनिबार, असोज ०८, २०७९ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी)ले गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताउनुभयोे ।

उहाँले भन्नुभयो, “सिपिएसपीले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गरेको छ, जसले गर्दा विदेश जाँदा हुने खर्च र आवासीय खर्चको बचत भएको छ । सिपिएसपीद्वारा प्रशिक्षित धेरै नेपाली चिकित्सकहरूसँग भेट गर्दा उहाँहरू सकारात्मक रहेको र सिपिएसपी फेलोसिप कार्यक्रमको गुणस्तरीय प्रशिक्षण र परीक्षाको सेवाप्रति प्रशिक्षार्थी सन्तुष्ट रहेको पाएको छु ।”

मन्त्री खापुङले विशेषगरी नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षालयको प्रवद्र्धनका लागि प्रदान गरिएका सेवाप्रति पाकिस्तानका चिकित्सक र शल्य चिकित्सकलाई आभार प्रकट गर्नुभएको थियो । नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको भन्नुहुँदै उहाँले यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सिपिएसपीका अध्यक्ष प्रोफेसर मुहम्मद सोएब सफीले उच्च चिकित्सा शिक्षाको उत्कृष्टतामा ध्यान दिँदै प्रशिक्षणमार्फत पारदर्शी परीक्षा सञ्चालन गर्दै विश्वमा गुणस्तरीय वैज्ञानिक शिक्षा प्रदान गर्ने बताउनुभयो । सिपिएसपीलाई विश्वमा अन्तर्राष्ट्रिय तालिम र सल्लाहकार केन्द्रका रूपमा मान्यता दिइने शैक्षिक संस्था बनाउने योजना रहेको जनाउनुभएको थियो । देशभित्र र विदेशमा स्नातकोत्तर चिकित्सा शिक्षाको अग्रगामी संरक्षक भएको दाबी गर्नुभयो ।

दीक्षान्त समारोहमा ४५ नेपाली प्रशिक्षार्थी उपस्थित हुनुभएको थियो । जसमा डा दीनुज श्रेष्ठ, डा राजेशबहादुर लाखे र टुके काजी गोल्डमेडलबाट सम्मानित हुनुभएको थियो ।

सिपिएसपी कलेज पाकिस्तानी संसद्को एक अधिनियममार्फत र वाजिद अली खान बुर्की, तत्कालीन सङ्घीय स्वास्थ्यमन्त्रीको नेतृत्वमा पाकिस्तानमा ५० प्रख्यात चिकित्सकको अथक प्रयासद्वारा सन् १९६२ मा स्थापित भएको हो । सन् १९६५ मा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको पुस्तकालय स्थापना भएको थियो । यसको स्थापनादेखि नै नवीनतम् चिकित्सा साहित्यहरू प्राप्त गरेको छ र स्नातकोत्तर चिकित्सा शिक्षालाई समर्थन गर्ने केन्द्रबिन्दुका रूपमा सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो । रासस

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.