काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ३२८ जनामा परीक्षण गरिएकोमा ११ जनामा मात्र संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ५७ जना निको भएका छन् ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गइरहेको छ ।
