भरतपुर । नेपाल फार्मेसी संघ चितवन शाखाको तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन बाट सुशील सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज भरतपुरमा सम्पन्न अधिवेशनले सिग्देलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
संघको नवनिर्वाचित समितिको उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी, महासचिव ओमकार सापकोटा,सचिव धर्मनाथ यादव, कोषाध्यक्ष प्रभात पौडेल सहित सदस्यहरुमा क्रमश सन्दिप पाठक, परीक्षा देवकोटा, श्रेया डंगोल ,सुरज (प्रशान्त) अधिकारी र जीवन सिम्खडा चयन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रिय सदस्य अजामिन ढकाल, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ नारायण युनिटका अध्यक्ष धर्म दवाडी, नेपाल औषधि बिक्री प्रबन्धक संघ नारायण युनिटका अध्यक्ष प्रकाश सुवेदी, नेपाल औषधि व्यवसायी संघ चितवनका उपाध्यक्ष लक्ष्मीलाल श्रेष्ठ, वरिष्ठ फर्मासिस्ट तथा नेपाल औषधि उत्पादक संघ चितवन संयोजक प्रवन दाहाल लगाएतको उल्लेखनीय उपस्थित रहेको थियो । खुल्ला सत्रको कार्यक्रम विनोद पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष सिग्देलका अनुसार कार्यसमितिको अवधि २ वर्षको रहने छ ।