चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले सरकारी अस्पताल विपन्नमुखी हुनु पर्ने बताउनु भएको छ् । बुधबार भरतपुरमा आयोजित स्वास्थ्यकर्मीसंँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहांँले समयसापेक्ष सरकारी अस्पतालको सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभएको हो ।
‘यहांँको भरतपुर अस्पताल, क्यान्सर अस्पतालको महत्व धेरै छ तर यी अस्पताल विपन्नमुखी छन् कि छैनन् ? त्यो हेर्नु जरुरी छ ।’ उहांँले भन्नुभयो । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संस्थाहरुमा गुणस्तरीय स्वास्थ्य सेवा न्यून शुल्कमा उपलब्ध हुनुपर्ने उहांँको भनाइ थियो ।
उहांँले स्वास्थ्य क्षेत्रमा आफ्नो उत्तिकै अनुभव रहेको र स्वास्थ्य राज्यमन्त्री भएर उदाहरणीय काम गरिसकेकाले सरकारी अस्पतालहरुलाई गुणस्तरीय र सुविधासम्पन्न बनाउने विषयमा आफूले पहल गर्ने बताउनु भयो । सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवामुखी हुनुपर्ने भन्दै उहांँले गुणस्तरीय स्वास्थ्य प्रदान गर्नमा उनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । आफूले विदेश भ्रमण गर्नेक्रममा त्यहांँ शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास देखेको भन्दै उनले यसलाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताउनु भयो ।
जुनसुकै क्षेत्रमा काम गर्न पनि ईच्छाशक्ति र प्रतिबद्धता आवश्यकता रहेको भन्दै उनले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिबिना देश समृद्धितर्फ लम्किन नसक्ने बताउनु भयो । सरकारले लागु गरेको स्वास्थ्य बीमा त्यति प्रभावकारी नभएकोले यो कार्यक्रम गरिबलक्षित गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । ‘गरिबलाई पनि उही स्वास्थ्य बीमा धनीलाई पनि उही नियम, यसलाई करेक्सन गर्नुपर्ने देखिन्छ’ उहांँले भन्नुभयो । स्वास्थ्य बीमामा सरकारको करोडौं रुपैयाँ लगानी भएको भन्दै उहांँले यसको सदुपयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीले सरकारबाटै अस्पतालको स्तरोन्नति र व्यवस्थापनको लागि नीति निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।