• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सिन्धुली अस्पताललद्वारा सेवा विस्तार

  •  आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उहाँको भनाइ छ । तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ ।

जनआन्दोलनका घाइतेको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बीमा बोर्डले तोकेबमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने जनाएको छ ।

१६ वर्षभन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।

सो अवसरमा सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुको साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवा सर्वसाधारणलाई महँगो बन्दै गएकाले सर्वसुलभ सेवा बनाउनुपर्ने जनाउँदै अस्पतालका सेवा विस्तारै निःशुल्क सेवातर्फ अघि बढाइने उहाँले बताउनुभयो । अस्पतालले विगतको तुलनामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको र जिल्लामा विशेषज्ञ चिकित्सकको समयअगावै सरुवा गर्ने तर दरबन्दीअनुसार चिकित्सक नपठाउने गर्दा समसया बल्झँदै आएको बताउनुभयो ।

सिन्धुली अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा उमेश प्रधानले जानकारी दिनुभयो । अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । विशेषज्ञ सेवा निरन्तरताका लागि दरबन्दी सिर्जना गरी दुई विशेषज्ञ चिकित्सक थप गर्नुपर्ने, बिरामीको चाप बढेकाले चिकित्सकको दरवन्दी वृद्धि गर्नुपर्ने बताउनुभयो । सिन्धुली अस्पतालमा नाक, कान, घाँटी तथा छाला रोगको उपचारका लागि दरबन्दी नभएकाले दरबन्दी थप गर्न पहल गरे सर्वसाधारणलाई अस्पतालमा सबै विशेषज्ञ सेवा प्रदान गर्न सकिने बताउनुभयो । रासस

आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.