• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • ९ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • ९ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १४ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १४ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १४ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १४ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

डेङ्गुको उच्च जोखिममा बर्दिबास

  •  सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

महोत्तरी । जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेङ्गु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै गरेको कात्तिकमा मात्रै २० जना डेङ्गु सङ्क्रमित पाइएका छन् । यसपालि गत साउनदेखि बर्दिबासमा डेङ्गुको सङ्क्रमण देखिन थालेको हो । यो क्रम हालसम्म (अस्पतालको अभिलेखअनुसार कात्तिक ५ गतेसम्म) आइपुग्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको बर्दिबास अस्पतालले जनाएको हो ।

“यसपालि गत साउनमा पहिलो पटक दुईजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या एक सय ४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएका छन् ।

अस्पतालमा गत साउनमा २६, भदौमा एक सय २४, असोजमा दुई सय ३९ र जारी कात्तिकको पाँच गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई, भदौमा २४, असोजमा ९४ र जारी कात्तिकका पाँच दिन (कात्तिक ५ गतेसम्म) २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

चाडपर्वमा भीडभाड बढ्ने र सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टेको वृद्धि भएर सङ्क्रमण बढेको चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ सालमा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । २०७४ सालको साउनदेखि असोज मध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको पुरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवान बताउनुहुन्छ ।

पछिल्लोपटक नगरक्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै (१४ वडा) वडामा वडाध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र कीटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्री बताउनुहुन्छ । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् ।

आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा फुल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घर प्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउनुहुन्छ । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख प्रल्हाद क्षेत्रीले नगरवासीसँग अपिल गर्नुभएको छ । भीडभाड बढ्ने चाडपर्वका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ । रासस

सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.