काठमाडौं । पोलियो रोगबाट पाँच वर्षसम्मका बालबालिका सबैभन्दा बढी संक्रमित हुने गरेका छन् । पोलियो सक्रमणले स्थायीरूपमा पक्षाघात हुन्छ ।
पोलियो सक्रमणले स्थायीरूपमा पक्षाघात भएका मध्ये ५ देखि १० प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोही एकजना व्यक्तिमा पोलियो भाइरस रहेसम्म पोलियो संसारभर फैलन सक्ने जोखिम हुने मन्त्रालयले स्पष्ट पारेको छ ।
“सबै शंकाास्पद रोगीको खोजी, जाँच र अनुसन्धान हुनुपर्दछ । अतिशीघ्र लुलो पक्षघातको लक्षण १५ वर्ष भन्दाकम उमेरका कुनै बालबालिकामा देखिए नजिकको स्वास्थ्य संस्था वा उक्त क्षेत्रको सर्भिलेन्स मेडिकल अफिसरलाई तुरुन्त खबर गरी पोलियोको जाँच र अनुसन्धानमा सहयोग गर्नुहोस्,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “यस्तो प्रकारको लक्षण पोलियो रोगको पनि हुनसक्छ । पोलियोविरुद्धको खोप नै यसबाट बच्ने उपाय हो ।”
सबै शिशुलाई समयमै खोप लगाएर पोलियोबाट बचाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।