चितवन । पुरानो मेडिकल कलेज ,भरतपुरमा उपचारार्थ नेपाली कांँग्रेसका प्रभावशाली नेता शशांक कोईरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका अनुसार उहांँको अवस्था सामान्य अवस्थामा रहेको र नेता तथा कार्यकर्तासंँग कुरा गरिरहनुभएको छ । घरदैलो तथा भेटघाट गर्ने क्रममा आज दिउसो उहांँ अक्सिजन कम भई अचेत हुनु भएको थियो ।
पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो ।
उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा। मनोहर प्रधानले अहिले कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताउनु भयो ।
उहांँलाई आरामको आवश्यकता रहेको र संभवत उहांँलाई आज रातीनै डिस्चार्ज गर्न सकिने डा प्रधानको भनाई छ । केही साता देखि डा कोइराला चुनावी अभियानमा व्यस्त रहंँदै आउनु भएको छ ।
