• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

इन्डोनेशियामा सिरप सेवनका कारण मर्नेको संख्या बढ्दै

  •  सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित

जर्कार्ता (इन्डोनेशिया) । १७ महीने बालिका नादिरालाई रुघाखोकी लागेपछि उसको आमा अगष्टिना मेलानीले प्यारासिटामोलयुक्त कफ सिरप दिएकी थिइन् । उनले सो औषधि दक्षिण जर्कातामा रहेको एउटा स्वास्थ्य केन्द्रबाट किनेकी थिइन् । ज्वरो ओर्लिने कुनै संकेत नदेखिएपछि बालिकाको आमाले हरेक ४/४ घन्टामा उनलाई उक्त औषधि दिइन् ।

तर पनि ज्वरो घटेन । अन्त्यमा उसको पिसाब नै बन्द भयो । नदिरालाई तत्कालै अस्पताल लगियो । ल्याबमा परीक्षणका क्रममा उनको पिसाबमा अत्यधिक मात्रामा युरिया र सेराटिन भेटियो । किड्नीले काम गर्न बन्द भएपछि थुप्रिने अपशिष्ट तत्व हो युरिया र सेराटिन । बालिका कोमामा गइन् अनि उनको मृत्यु भयो ।

अहिले इन्डोनेशिया मृत्युको भयावह लहरसँग जुधिरहेको छ । इन्डोनेशियामा झोल औषधि सेवनका कारण मर्ने बालबालिकाहरुको संख्या बढ्दै गइरहेको छ । यो वर्ष शुरु भएयता झोल औषधि सेवनका कारण किड्नीमा गम्भीर खालको चोट लागेर वा अन्य जटिलताहरु उत्पन्न भएर मृत्यु भएका बालबालिकाहरुको संख्या कम्तिमा पनि १५७ पुगेको छ । यसरी मर्ने अधिकांश बालबालिकाहरुको उमेर ५ वर्षभन्दा कम रहेको छ ।

नादियाको मृत्यु अगष्टमा भएको हो । किड्नीमा अज्ञात समस्याका कारण बालबालिकाहरु मर्ने क्रम बढेपछि इन्डोनेशिया सरकारले अक्टोबरमा सबै खालको झोल औषधिको विक्री वितरणमा प्रतिबन्ध लगायो । पछि यो प्रतिबन्ध सिरप सेवनका कारण बिरामी भएका वा मृत्युवरण गर्न पुगेका बालबालिकाहरुको घरमा भेटिएको शंकास्पद ठानिएका सय प्रडक्टमा सीमित गरियो ।

देशभरमा औषधि पसलेहरुले पसलको तखताबाट धमाधम सबै झोल औषधि झिके । बालबालिकाहरुको अभिभावकहरुलाई औषधि चाहिने भए चक्की औषधि पिसेर खुवाउन भनियो । मृतक बालबालिकाहरुको शरीरमा इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल जस्ता हानिकारक तत्वहरु पाइएको थियो ।

इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल एसी, फ्रिज र रेफ्रिजिरेटरमा प्रयोग गरिने एन्टीफ्रिज सोलुसन हो । यसलाई सौन्दर्य प्रशाधनहरुमा प्रयोग गरिन्छ । यी तत्वहरु औषधिमा कहिल्यै प्रयोग नगरिने विश्व स्वास्थ्य संगठनले बताएको छ । बालबालिकाहरुको किड्नीमा गम्भीर खालको समस्या यही तत्वहरुले गर्दा भएको बताइएको छ ।

गामबियामा भारतीय कम्पनीले बनाएको रुघाखोकीको झोल औषधि सेवनका कारण ७० जना बालबालिकाको मृत्यु भएको केही हप्तामा इन्डोनेशियाको मामिला सार्वजनिक भएको थियो । गामबियाको घटनामा पनि रुघाखोकीका चार थरी औषधिमा स्वीकार गर्न नसकिने स्तरमा इथेलिन ग्लाइकोल र डाइथेलिन ग्लाइकोल पाइएको थियो ।

यी दुबै घटनाहरु एकअर्कामा जोडिएको प्रमाण पाइएको छैन । भारतीय अधिकारी र विषाक्त औषधि बनाउने कम्पनी मेइडेनले भने ती औषधि गामबिया मात्रै पठाइएको दाबी गरेको छ ।स्थानीय स्तरमा मेइडेनको औषधि उपलब्ध नभएको इन्डोनेशियाले पनि बताएको छ । हालै मात्रै औषधि बनाउने प्रयोग हुने केही सामाग्रीहरुको आपूर्तिकर्ता परिवर्तन गरेको दुई फर्मा कम्पनीहरुमाथि अनुसन्धान गर्ने गएको सोमवार इन्डोनेशियाको खाद्य तथा औषधि एजेन्सी ‘बीपीओएम’ले भनेको थियो ।

अहिले पनि इन्डोनेशियामा किड्नीमा गम्भीर समस्या देखिएका दर्जनौं बालबालिकाहरुको उपचार भइरहेको छ । यिनीहरुको उपचारका लागि आवश्यक दूर्लभ एन्टीडोट फोमेपिजोल उपलब्ध गराउन इन्डोनेशियाले सिंगापुर र अष्ट्रेलियासँग अनुरोध गरेको छ । यो घटनाले इन्डोनेशिया स्तब्ध बनेको छ ।

मानवीय क्षति जारी छ । देशभरमा यस्तो खालको घटना देखिनुको अर्थ वितरण सञ्जाल व्यापक रहेको कम्पनीहरु यस घटनामा मुछिएको देखिन्छ । मर्नेको संख्या आगामी दिनमा थप बढ्न सक्ने बताइएको छ । एजेन्सी

सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.