• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै

  •  बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

चितवन ।जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७७÷७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा यो सङ्ख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।

यस्तै तीन आर्थिक वर्षमा छ महिनापछि पूरक खाना खुवाउनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा पूरक खाना खुवाउनेको सङ्ख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यो सङ्ख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६÷७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।

कार्यालयका गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिनुभयो । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै रहेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ३ दशमलव ५ मा झरेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७६÷७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।

शिशु जन्मिएको छ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।

आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उहाँले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उहाँको भनाइ छ । छ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पोष्टिक तत्व लिटो, जाउलो, भैँसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनु पर्छ ।” शारीरिक तथा मानसिकरुपमा वृद्धि विकासका लागि पूरक खाना आवश्यक रहेको उहाँले बताउनुभयो । बच्चाको खानपानमा ध्यान नदिँदा तौलम कमी आउने डा पौडेलले जानकारी दिनुभयो । रासस

बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.