भरतपुर । पछिल्लो २४ घण्टामा एक सय ६७ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या एक हजार सात सय ३८ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार एक सय ८३ जना, रत्ननगर नगरपालिकाका दुई सय ३१, खैरहनी नगरपालिकाका एक सय ४७ जना, राप्ती नगरपालिकाका ८९ जना, कालिका नगरपालिकाका ४२ जना, माडी नगरपालिकाका ३५ जना र इच्छाकामना गाँउपालिकाका ११ जना रहेका छन्। त्यस्तै ठेगााना नखुलेको ठाँउबाट २६ जना र अन्य जिल्लाबाट १६ जना रहेको छन्।