• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लुम्बिनी प्रदेशमा मुटुरोग उपचारको विकास

  •  शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

लुम्बिनी प्रदेश आफैमा महत्व बोकेको ठाउँ हो । गौतम बुद्धको जन्मस्थान लुम्बिनी र यसको नाम प्रख्यात रहेकोले पनि यो संसारमा नै महत्वपूर्ण ठाउँ हो । महत्वपूर्ण ठाउँ भईकन पनि स्वास्थ्य क्षेत्रमा यहाँको विकास भर्खर मात्र हुँदै गरेको देखिन्छ । यस क्षेत्रमा मुटुरोग उपचारको लागि बुटवल रामनगर मा अवस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले अग्रणी भूमिका निर्वाह गरेको छ ।

हृदयघातका कारण उपचारको लागि काठमाडौं लैजाने क्रममा धेरै जनाले बाटोमा ज्यान गुमाउनु परेपछि यहाँ पनि मुटु अस्पतालको आवश्यकता महसुस भयो । यस क्षेत्रका उद्योगीहरुको पहलमा २०७० सालमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल स्थापना भयो । लुम्बिनी प्रदेशका जनता र रोटरी लगायत विभिन्न संस्थाहरुको सहकार्यमा यस अस्पतालको विकास हुँदै गयो । सरकारको सहयोग विना पनि जनता र स्थानीय संस्थाहरुको सहकार्यमा विकासको काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।

शुरुमा ओपिडी सेवाबाट शुरु गरेको अस्पतालमा विस्तारै सेवा थप हुँदै गयो । वार्डमा २४ घण्टा ईमर्जेन्सी सेवा, ल्याब सुविधा, इसिजि, एक्सरे, इको, टिएमटी, होल्टर्, एबिपिएम हुँदै आइसियु र सिसियु सेवा पनि बिस्तार भयो । सुविधा थप गर्ने क्रममा क्याथ ल्याबको सुविधा पनि थप गरियो । क्याथ ल्याब थप भएपछि हृदयघात भएर उपचारको लागि काठमाडौं जानु पर्ने बाध्यता हट्यो । यसै अस्पतालमा एन्जिओग्राफी र एन्जिओप्लास्टी सेवा सुरु भयो । हृदयघातका बिरामीले समयमानै उपचार पाउने भए । यसैगरी सिटिस्क्यान सेवा थप भयो । त्यसपछि यस क्षेत्रमा मृगौलाका बिरामीको चाप बढ्दै जांँदा
सेवाग्राहीलाई डाइलायसिस गर्नु सजिलो होस भन्ने उद्धेश्यले यो सुविधा पनि थप भयो ।

अहिले सम्ममा एकहजार पांँचसय भन्दा बढीको एन्जिओग्राफी र पांँचसय भन्दा बढीको एन्जिओप्लास्टी भैसकेको छ । अहिले मुटुको सांँघुरो भएको भल्व लाई खुलाउने सेवा पिटिएमसी पनि थप भएको छ । साथै दुईसय जनाभन्दा बढी लाई पेसमेकर लगाउने काम भएको छ । धेरैजसो विरामी रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, अर्घखांँचीबाट आउंँछन । तर ३६ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेको तथ्यांंकले देखाउंँछ । एक लाख भन्दा बढीले ओपिडी सेवा, पच्चीस हजार भन्दा बढीले इमर्जेन्सी सेवा र बीस हजार भन्दा बढीले अन्तरंग सेवा लिएका छन । साथै लुम्बिनी प्रदेशको सबै भन्दा ठुलो डायलाईसिस सेन्टरको रुपमा यो परिचित छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले मुटुरोगको सेवा दिने र एक मात्र मुटु अस्पतालको रुपमा रहेको यस अस्पताल मुटुको विशिस्ट सेवा दिने पहिलो अस्पताल पनि हो । यस प्रदेशमा एन्जिओग्राफी, एन्जिओप्लास्टी, पेसमेकर राख्ने, पिटिएमसी आदि सेवा पहिलो पटक यसै अस्पतालमा शुरु भयो । त्यसैले लुम्बिनी प्रदेशकै गहना बनेको यो अस्पताल ऐतिहासिक महत्व बोकेको संस्था हो । मुटु

अस्पतालको रुपमा अझै पनि एक मात्र अस्पताल भए पनि अहिले क्याथ ल्याब सेवा अस्पतालमा पनि शुरु भएको छ । यसले गर्दा मुटु रोगका विरामीको लागि सेवाहरु अस्पतालमा पनि शुरु भएको र हुने क्रममा रहेको छ । यस हिसाबले लुम्बिनी प्रदेशमा पनि मुटुरोग उपचारको विकास हुँदै छ ।
मुटुरोगको लागि छाती चिरेर गरिने शल्यक्रियाको अझ पनि विकास हुन बाँकी छ । यो पनि सकेसम्म पहिलोपटक यसै अस्पतालमा शुरु गर्ने लक्ष्य रहेको छ । साथै मुटु रोगका अन्य विशिष्टिकृत सेवाहरु थप्ने पनि यो अस्पतालको लक्ष्य रहेको छ ।

रोग लागेर अस्पताल आउने विरामीलाई मात्र सेवा दिएर हुँदैन भन्ने हाम्रो धारणा छ । त्यसैले हामी बर्षेनी बिभिन्न जिल्ला र ठाउँ पुगेर स्वास्थ्य शिविर गर्ने अनि जनचेतना बढाउने कार्यक्रम गर्दै आएका र्छौ । शिविरमा जांँच र औषधि लगायत सम्पूर्ण सेवा निःशुल्क हुने गरेको छ । यस अस्पतालको इमर्जेन्सीमा आउने कोही बिरामीलाई पनि पैसाको अभावमा उपचारबाट वञ्चित हुनु पर्दैन । गरीब र असहाय विरामीलाई निःशुल्क सम्पूर्ण उपचार गरि घर पठाउने गरिएको छ । अहिले यस क्षेत्रमा गरीब र असहाय बिरामी लाई पठाउने थलोको रुपमा पनि यो अस्पताल परिचित हुंँदै आएको छ ।

यस अस्पतामा उपलब्ध सेवाहरु पनि सरकारी अस्पतालको हाराहारीमा छ । उत्कृष्ट सेवा होस र त्यो सेवा सर्वसुलभ होस भन्ने यस अस्पताल को मुल मर्म हो । यस लक्ष्य प्राप्तिको लागि यस भेगका जनता र बिभिन्न संस्थाहरु सँग हातेमालो गर्दै यो अस्पताल अघि बढि राखेको छ । यस क्षेत्रका जनता र रोटरी, रुपन्देही उद्योग संघ लगायत संस्थाहरुले यस अस्पताल लाई पु्ु¥याएको निरन्तर सहयोग पनि सह्रानीय छ । गरीब मुलुकमा सरकारले जनताको स्वास्थ्यमा खोजे जति टेवा दिने नसकेको अवस्थामा जनताले आफ्नो लागि गरेको यो मोडलको स्वास्थ्य सेवाको विकास पनि एउटा गतिलो उदाहरणको स्थापित भएको छ ।

शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.