भरतपुर । पछिल्लो २४ घण्टामा डेँगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । त्यस्तै मंगलबार १९ जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या एक हजार सात सय ८७ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार दुई सय १३ जना, रत्ननगर नगरपालिकाका दुई सय ३८, खैरहनी नगरपालिकाका एक सय ५६ जना, राप्ती नगरपालिकाका ९२ जना, कालिका नगरपालिकाका ४२ जना, माडी नगरपालिकाका ३५ जना र इच्छाकामना गाँउपालिकाका ११ जना रहेका छन्। त्यस्तै ठेगााना नखुलेको ठाँउबाट दुई जना र अन्य जिल्लाबाट आठ जना रहेको छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु