• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४१ मिनेट 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ३ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ६ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ६ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २३ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २३ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २४ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १ दिन 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

  •  बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित

काठमाडौँ । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ । विसं २०७३ देखि क्यान्सरसँग जुधिरहनुभएका उहाँलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गर्नुभएको हो । बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गर्नुभएको थियो ।

“पहिला राजीव गान्धी अस्तपताल भारतमा छोरालाई लगेँ, बोनम्यारो फेरियो, त्यसको एक वर्षपछि बारम्बार समस्या आइरह्यो, यहाँ अस्पतालमा आइसकेपछि पनि उपचारका लागि प्लेटलेट धेरै चाहिरहेको र पाउन मुस्किल भइरहेका बेला आज यो नयाँ खालको प्लेटलेट अस्पतालमा ल्याइदिनुभएकामा वरदान नै पाएजस्तो भएको छ”, केशवले भन्नुभयो ।

डेङ्गुको प्रभाव बढेको समयमा केन्द्रीय रक्तसञ्चार सेवाले एफेरेसिस प्रविधिबाट सिङ्गल डोनर प्लेटलेट उत्पादनलाई गति दिएको रक्तसञ्चार निर्देशक पौडेलले जानकारी दिनुभयो । नेपालका थोरै स्थानमा मात्रै यो सेवा रहेको छ र यो प्रविधि महँगो छ । डेङ्गु र क्यान्सरपीडितका लागि बढी चाहिनसक्ने भएकाले शुल्कमा सहुलियत गर्न सङ्घीय सरकार, स्थानीय निकायको सहयोगको अपेक्षा रहेको निर्देशक पौडेलले बताउनुभयो ।

के हो सिङ्गल डोनर प्लेटलेट ?

रक्तदानका क्रममा दाताको शरीरबाट रक्तथैलीमा जम्मा भएको रगतमध्ये प्लेटलेट तत्व मात्र थैलीमा राखी बाँकी सबै रगत दाताको शरीरमा अत्याधुनिक एफरेसिस प्रविधिको मेशिनले फिर्ता पठाइदिन्छ । जुन तत्व चाहिएको हो त्यही तत्वमात्र दाताको शरीरबाट निकालिने र बिरामीलाई पनि चाहिएको तत्वमात्रै दिइने भएकाले यो प्रभावकारी हुने चिकित्सकले जनाएका छन् । प्लेटलेट तत्व मात्रै पोकामा हुने भएकाले डाक्टरको अनिवार्य सिफारिसमा इमरजेन्सी अवस्थामा जुनसुकै रक्तसमूहका बिरामीलाई पनि यो दिन सकिने हुन्छ ।

अर्को दान गर्न दाताले तीन महिना कुर्नु नपर्ने यो एफरेसिस प्रविधिको अर्को फाइदा हो । यो प्रविधिबाट हरेक एक÷एक महिनामा रक्तदान गर्न सकिन्छ । यो रक्तदानमा ८० देखि १०० मिनेट लाग्दछ । दातालाइ क्याल्सियम कम नहोस् भनेर दानका क्रममा चक्की र अतिरिक्त पोषिलो खानेकुरा दिइन्छ ।

धेरै रगत चढाउनुपर्ने गम्भीर बिरामीका लागि साइटइफेक्ट नहुने र आठ युनिट बराबरको काम एकै पोकाले गर्ने भएकाले सिङ्गल डोनर प्लेटलेट अत्यन्तै लाभदायक हुने चिकित्सक डा प्रकाश यादव बताउनुहुन्छ ।

सिङ्गल डोनर प्लेटलेटको समय तीनदेखि पाँच दिनमात्रै हुने भएकाले बिरामीका लागि माग आएपछिमात्रै उपयुक्त डोनर खोजी गरी केन्द्रीय रक्तसञ्चार सेवामा यो प्रविधि सञ्चालन भइरहेको छ । रक्तसञ्चार सेवाका चिकित्सकबाट बिरामी र दाताले यसबारे थप जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।

बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.