काठमाडौं । लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनले नोभेम्बर(मधुमेह महिना विशेष) महिनामा ८ दिने लामो निःशुल्क स्वास्थ्य शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त शिविर यहि कार्तिक २० गते बाट २८ गते सम्म सञ्चालनमा थियो भने पुनः कार्तिक ३० गते ‘मतदान अघि गरौं रक्तदान’ भन्दै शुभेक्षा ईन्टरनेशनल हस्पिटल, सीतापाईलामा रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।
क्लबले पाटन हेल्थ ल्याब को प्राबिधिक सहयोग पाएको थियो भने महालक्ष्मी स्थान मन्दिर व्यव्स्थापन समितिले मन्दिर परिसरमा स्थान उपलब्ध गराई सहयोग गरेको थियो। यो सम्पुर्ण कार्यक्रमको संयोजन क्लबका हेल्थ प्रोग्राम चेयर लायन लक्ष्मी महर्जनले गर्नु भएको हो ।
यस निःशुल्क स्वास्थ्य शिविर र डायबेटिज विशेष शिविरबाट झण्डै ६ सय भन्दा बढी बिरामी लाभान्वित भएको महर्जनले जानकारी दिनुभयो ।
यस शिविरमा अधिकांश मन्दिर दर्शन गर्न आउने भक्तजनहरु रहनुभएको थियो ।
हरेक दिन बिहान ७ बजे देखि मध्याह्न सम्म निःशुल्क सुगर जाँच तथा परामर्श गरिएको थियो भने अन्तिम दिन मधुमेह चिकित्सक बाटै परिक्षण तथा परामर्श गरिएको थियो।
सातौ दिनमा मन्दिरमा आउने भक्तजन लायन्सकर्मी तथा स्थानीय व्यक्तिको उपस्थितिमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रमको मध्यतिर पुर्व गभर्नर अर्थात डि. जि २००८र २००९ लायन उदय कान्त झा, डिस्ट्रीक्ट ३२५ के, ब्लड कमिटी चेयर लाय सन्तोष सराफ म्याम,व्लोदान ललितपुरको पदाधिकारीको उपस्थितिले थप हौसला प्रदान गरेको थियो । क्लबका संस्थापक सचिव लायन्स सर्बेस रिजाल, कोषाध्यक्ष लायन्स आरती झा, भिजिबिलिटी चेयर लायन्स ज्वलिता श्रेष्ठ, भिजन प्रोग्राम चेयर लायन्स अविनाश झा लगायत अन्य सहकार्य संघ सस्थाबाट पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत पर्ने लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउन तथा पाटन हेल्थ ल्याब का प्रतिनिधिहरुको उपस्थितिमा रक्तदाता तथा कार्यक्रम अवधिमा खटिनु हुने सम्पूर्ण स्वयंसेवकहरुलाई क्लबका सस्थापक अध्यक्ष लायन पदमकुमार श्रेष्ठ द्वारा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।