• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

जाडोमा किन खाने च्यवनप्राश ? यस्ता छन् फाइदाहरू

  •  शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित

काठमाडौं । च्यवनप्राश प्राचीन पूर्वीय आयुर्वेद ज्ञानका आधारमा बनाइएको एक विशिष्ट पाक हो । आधुनिक भाषामा भन्दा च्यवनप्राश एक पौष्टिक जाम हो । यसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

च्यवनप्राश संस्कृत शब्दबाट आएको शब्द हो । ‘प्राचीन कालमा दुई ऋषिहरूले एक वृद्ध ऋषिको यौवन पुनःस्थापित बनाएको विशेष पाकलाई च्यवनप्राश भनिन्छ । वृद्धता हटेर जवान भएका ऋषि च्यवनका नामले प्रसिद्ध भए । उनले सेवन गरेको पाकको नाम च्यवनप्राश रहन गयो ।

घिउ, तिलको तेल र महले जडिबुटीलाई कोशिकाहरुको गहिराइमा लैजाने उत्प्ररेक एजेन्टको रूपमा काम गर्दछन् । महले अन्य खराब तत्त्वहरूको प्रभावलाई कम गरी शरीरको सुरक्षामा मद्दत गर्दछ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र हृष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।
च्यवनप्राशले हाम्रो छालालाई कलिलो नरम र चम्किलो बनाउनको मद्दत गर्छ । बुढ्यौली प्रक्रियालाई सुस्त बनाउन, स्मरणशक्ति बढाउन, मुटुको लागि राम्रो र पाचन, उत्सर्जन र श्वासप्रश्वास प्रणालीको स्वास्थ्यलाई बढाउन पनि च्यवनप्राश लाभदायक रहेको छ ।

डाबर च्यवनप्राश जडीबुटी र प्राचीन आयुर्वेदिकबाट बनेको स्वास्थ्यको लागि फाइदाजनक पौष्टिक जाम हो । च्यवनप्राश विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रणबाट बनेको पौष्टिक जाम हो ।

यसमा रहेको मुख्य तत्त्व अमलाकी हो । यसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ । यो एन्टिअक्सिडेन्ट गुण भएको चिटामिन सीको उच्चतम स्रोतहरट्ठमध्येमा पर्छ । यसमा रहेको घिउले एक उत्प्रेरक (योगवाही) को रूपमा कार्य गर्दछ । जाममा सामावेश जडिजुडीले सेलुलर स्तरमा शरीरमा रहेको विकार अवशोषण गर्दछ । मह मिश्रित जडीबुटीले शरीर मर्मतका लागि आवश्यक पर्ने उत्प्रेरकको रूपमा काम गर्दछ । यस्तै तिलको तेलले आयुर्वेदिक हर्बलको रूपमा काम गर्ने बताइएको छ ।

यसलाई कसरी उपभोग गर्ने ?

यो कुनै विशेष मौसममा मात्र नभएर जुनसुकै ऋतमा प्रयोग गर्न सकिन्छ । च्यवनप्राश सिधै उपभोग गर्न सकिन्छ । तातो दूध वा तातो पानीसँग खाँदा उपयोगिता बढी हुन्छ । वयष्कहरूले दैनिक बिहान खाली पेटमा र बेलुकाको खानाभन्दा आधा घण्टा अघि १-१ चम्चा खानु लाभदायक मानिन्छ । ३–१२ वर्षका बच्चाहरूको लागि दैनिक दुई पटक आधा चम्चाका दरले खुवाउनुपर्छ ।

च्यवनप्राशमा पाइने प्रमुख तत्त्व अमलाले शरीरलाई डिटोक्सिफिकेसन हुन्छ । जसले रगत, प्लीहा, कलेजो र फोक्सो सफा गर्छ । यसको नियमित सेवनले हामी जवान रहन र मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुढृद गर्न, शरीरको शक्ति र सहनशक्ति निर्माण गरेर रोगसँग लड्ने प्राकृतिक क्षमतालाई बढाउनुका साथै श्वासप्रश्वास प्रणाली सुधारमा सहयोग गर्छ ।

च्यवनप्राशको नियमित सेवन गर्नाले शरीरको प्राकृतिक प्रतिरक्षा क्षमता बढाउँछ ।

फाइदाहरू

च्यवनप्राश ४१ भन्दाबढी आयुर्वेदिक जडीबुटीहरूको सम्मिश्रणबाट बनाइन्छ । समय–परीक्षण गरिएको आयुर्वेदिक पद्धति अनुसरण गरी तयार गरिएको यो पाकले प्रतिरक्षा प्रणाली सुदृढ बनाउन मद्दत गर्छ ।

यसले गर्दा ब्याक्टेरिया, भाइरस, धूलो र मौसम परिवर्तनको कारण हुने खोकी र चिसो आदि जस्ता दैनिक संक्रमणहरूबाट शरीरलाई बचाउँछ । स्वास्थ्यको हिसाबले च्यवनप्राश सबै उमेर समूहका (बालबालिका, वयष्क र वृद्ध) मानिसको लागि फाइनाजनक छ ।

भिटामिन सी र एन्टिअक्सिडेन्ट हाम्रो स्वास्थ्यको फाइदाजनक रहेको छ । च्यवनप्राशले फोक्सोको शक्ति प्रवर्द्धन गर्न अविश्वसनीय काम गर्न सक्छ । यसले श्लेष्म झिल्लीलाई पोषण दिने भएकाले श्वासप्रश्वास मार्गलाई सफा राख्न मद्दत गर्छ ।

यसले हाम्रो सरीरमा बल, ऊर्जा र विभिन्न संक्रमणहरूबाट जोगाएर स्वास्थ्य प्रतिरक्षा गर्न मद्दत गर्छ ।

च्यवनप्राशमा पाइने जडीबुटीहरूले फोक्सो जोगाउका लागि संक्रमणसँग लड्न मद्दत गर्छ । यस्तै च्यवनप्राशले रुघाखोकी, दम, क्षयरोग, कब्जियत, भोक नलाग्ने, अल्छी लाग्ने र तौल घट्ने जस्ता रोगसँग लड्ने क्षमताको विकास गर्छ । प्रजनन स्वास्थ्य, छाला सुधार्न मद्दत, बुढ्यौली रोक्न र दीर्घायु यसले थप सहयोग गर्दछ ।

प्रतिरक्ष बुस्टर र स्ट्यामिना

च्यवनप्राश एक शक्तिशाली प्रतिरक्षा बुस्टर हो र शरीरलाई हेमोग्लोबिन र सेतो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्दछ र रगत, कलेजो र फोक्सोलाई सफा गर्छ । यसले जवानी बढाउन मद्दत गर्छ ।

च्यवनप्राश प्राचीन कालदेखि नै स्वास्थ्य परिपूरक र रोग प्रतिरोधात्मक क्षमता र दीर्घायु बनाउने औषधिको रूपमा व्यापक रूपमा प्रयोग हुँदै आएको पाइन्छ ।

कुपोषण

च्यवनप्राशले पोषक तत्त्वको कमी र गलत पाचन प्रणालीको कारण लाग्ने कुपोषण कुपोषण विरुद्ध लड्न मद्दत गर्छ । साथै यसले कमजोर स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
कोभिड-१९ मा डाबर च्यवनप्राश क्लिनिकल अध्ययनको मुख्य निष्कर्ष

विश्वभर महामारीका रूपमा आएको कोभिड-१९ संक्रमण हुन नदिन पनि यसले महत्त्वपूर्ण भूमिका खेलको विभिन्न अध्ययनहरूले देखाएका छन् । ‘अ लार्ज–स्क्याल मल्टी–सेन्ट्रिक किलिनिक अध्ययन’ ले गरेको एक अनुसन्धानले पनि च्यवनप्राश कोभिड–१९ को समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएको छ ।

यसले गरेको अनुसन्धानमा ६९६ जना सहभागी भएका थिए । तीमध्ये ३५१ जना च्यवनप्राश प्रयोग गर्ने समूह र ३४५ प्रयोग नगर्ने गरी दुई समूह थिए ।

अध्ययनको नतिजाले च्यवनप्राशको नियमित सेवन गर्नेहरूमा कोभिड–१९ संक्रमणको जोखिम १२ गुणासम्म कम भएको देखाएको छ ।

यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को लागि प्रकाशित गरेको सामान्य मापनअनुसार कोभिड–१९ को गम्भीरता मूल्यांकन गरिएको थियो । यस अध्ययनले पनि च्यवनप्राशको नियमित प्रयोग गर्नेको जीवनस्तरमा २ गुणा सुधार भएको देखाएको छ ।

यस अध्ययनले च्यवनप्राश नियमित सेवनकर्ता कोभिड–१९ को गम्भीर संक्रमणबाट बढी सुरक्षित रहेको पाइयो । किनभने दुई जना सहभागी मात्र आरटी–पीसीआर भएका थिए । अध्ययन अवधि पूरा भएको दुई महिनापछि पोजेटिभ र दुवैमा लक्षण नदेखिएको अस्पतालका निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर विदुला गुजरवारले बताए ।

अर्कोतर्फ नियन्त्रण समूहमा सोही अवधिमा चार जना सहभागीमा आरटी–पिसिआर पोजिटिभ आएको र तीमध्ये एक जनालाई अस्पतालमा भर्ना गर्नुपरेको प्रा.डा. गुर्जवारले बताएका थिए ।

जाडो मौसममा रोग प्रतिरोधान्मक क्षतामा सुधार

यसमा रहेका विभिन्न रसायन जडीबुटीहरूले मानिसको इम्युनोमोड्युलेटरी प्रभावहरूमार्फत विभिन्न प्रकारका संक्रमणहरूलाई रोक्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता, मौसमी प्रभाव, नाकको एलर्जी र संक्रमण आदिमा च्यवनप्राशको फाइदाजनक प्रभावलाई पुष्टि गर्ने विभिन्न क्लिनिकल र पूर्व–चिकित्सा अध्ययनहरूले उजागर गरेका छन् । आर्थिक अभियानबाट

शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.