• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १४ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १४ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १९ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १९ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १९ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १९ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

अपाङ्गता भएका व्यक्तिको जीवन सुनिश्चित गर्ने दायित्व राज्यको हो : मन्त्री खापुङ

  •  शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा शुभकामना सन्देश दिँदै उहाँले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समावेशिताको नामबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य तथा विकासका अन्य कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिले देश विकासमा पु¥याएको योगदानको समेत चर्चा गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालले अपाङ्गतासम्बन्धी महासन्धि अनुमोदन गरिसकेकाले समावेशी स्वास्थ्य, पुनःस्थापना र सहायक स्वास्थ्य सामग्री अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकार सुनिश्चित गर्ने माध्यम रहेको बताउनुभयो ।

स्वास्थ्यका हरेक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न उहाँले आग्रह गर्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य प्रणालीमा ल्याउनसमेत उहाँले अनुरोध गर्नुभयो ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना सरकारले एक्लैले मात्र गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तीन÷तीन महिनामा घरदैलौ कार्यक्रम गर्नुपर्नेसमेत बताउनुभयो ।

महाशाखाका निर्देशक डा चुमनलाल दासले अपाङ्गता भएका कारणले स्वास्थ्यमा थप जोखिम देखिएको अपाङ्गतालाई जति सक्दो चाँडो स्वास्थ्य उपचार उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले दुर्गम क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई समेट्न गरी नेपालको स्वास्थ्य प्रणालीलाई अपाङ्गता समावेशी बनाउने अभियान भइरहेको जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा उपलब्ध गराउन नयाँ बन्ने भौतिक पूर्वाधारमा अपाङ्गमैत्री बनाउन आफूहरुले निर्देशन दिएको बताउनुभयो ।

महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापितले अपाङ्गता भएका व्यक्तिमा मधुमेह, कुषोषण जस्ता रोग बढी देखिने भएकालाई उनीहरुलाई स्वास्थ्यको पहुँच सहज बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिमा तीन गुणा बढी मधुमेह र अपाङ्गता भएको बच्चामा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ ।

नेपाल जनसङ्ख्यिय तथा स्वास्थ्य सर्वेक्षणले अपाङ्गता भएका व्यक्तिको छ प्रतिशत जनसङ्ख्याको क्रियात्मक क्षमतामा अति र तीव्र किसिमको कमी रहेको देखाएको छ । तेईस प्रतिशतमा मध्यम किसिमको कमी देखिएको छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४ दशमलव आठ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव दुई प्रतिशत अन्य स्वास्थ्य सेवामा पहुँच नपुगेको उल्लेख गरिएको छ । नेपालमा ५४ हजार छ सय ३८ जनाले पुनःस्थापना पाइसकेका र दुई हजार एक सय ६३ जनाले अपाङ्गता परिचयपत्रसमेत पाइसकेका जनाइएको छ । व्यक्तिमा १० प्रकारका अपाङ्गता हुने गर्दछन् ।

आज नेपालसहित विश्वभर ‘समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सिर्जनशीलताको प्रावधान’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाका लागि फिजियोथेरापी तथा पुनःस्थापना केन्द्र सञ्चालन, अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका २०७६, एकीकृत स्वास्थ्य सूचना प्रणालीमा स्वस्थ्य पुनःस्थापना सेवासम्बन्धी तथ्याङ्क सङ्कलन, पुनःस्थापना सेवासम्बन्धी चिकित्सकीय प्रोटोकल र पुनःस्थापना सेवासम्बन्धी मापदण्ड निर्माण गरेको छ ।

महाशाखाका निर्देशक डा दासले आगामी दिनमा अपाङ्गता पहिचानसम्बन्धी राष्ट्रिय निर्देशिका तयार गर्नाका साथै अपाङ्गता र पुनःस्थापनासम्बन्धी क्षमता विकास तालिमसमेत प्रदान गर्ने तयारी रहेको बताउनुभयो । रासस

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.