• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १४ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १४ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १९ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १९ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १९ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १९ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ८. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बङ्गलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा : अध्ययन

  •  आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित

ढाका । उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बङ्गलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित बन्नेगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘ब्रेथिङ हेभी ः न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्गलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट शहरहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा बाह्य वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बच्चाहरू, वृद्धहरू र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोगहरू भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको बताइएको छ ।

प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ ।

अध्ययनले ढाका शहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । यी स्थलमा स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिने ‘पार्टिकुलेट म्याटर (पीएम) २.५’ डब्ल्यूएचओ वायु गुणवत्ता दिशानिर्देश (एक्यूजी) भन्दा औसत १५० प्रतिशत माथि रहेको जनाइएको छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिन्छ र यसमा प्रति दिन लगभग १.७ खिल्ली चुरोटको धूम्रपानको बराबर हुन्छ ।

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका कार्यवाहक देशीय निर्देशक डन्डन चेनले भन्नुभयो, “वातावरणीय वायु प्रदूषणले बच्चादेखि वृद्धसम्म सबैलाई जोखिममा पार्छ । सन् २०१९ मा, वायु प्रदूषण बङ्गलादेशमा मृत्यु र अशक्तताको दोस्रो ठूलो कारण रहेको थियो र यसले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३.९ देखि ४.४ प्रतिशत खर्च गरेको थियो ।”

“वायु प्रदूषणलाई सम्बोधन गर्नु देशको दिगो र हरित वृद्धि र विकासको लागि महत्वपूर्ण छ । विश्लेषणात्मक कार्य र नयाँ लगानीको माध्यमबाट, विश्व बैंकले बङ्गलादेशलाई वायु प्रदूषण कम गर्न मद्दत गरिरहेकाउहाँले बताउनुभयो ।

प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्गलादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको मृत्यु भएको थियो ।

विश्व बैंक स्वास्थ्य विशेषज्ञ र रिपोर्टका प्रमुख वामेक अजफर रजाले भन्नुभयो, “वायु प्रदूषण जलवायु परिवर्तन को कारण बन्छ र जलवायु परिवर्तनले वायु गुणस्तरलाई खराब गर्दछ ।
समयसँगै जलवायु परिवर्तन र शहरीकरणले वायु प्रदूषणलाई अझ तीव्र बनाउनेछ । वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न हुने वर्तमान् स्वास्थ्य सङ्कटको सामना गर्न स्वास्थ्य क्षेत्र राम्ररी तयार हुन आवश्यक रहेको उहाँले बताउनुभयो । रासस

आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.