• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘जनस्वास्थ्यका सूचना प्रवाहमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण’

  •  सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यका कुरा प्रभावकारीरुपमा जनतासमक्ष पु¥याउने गरेको बताउनुभएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आज यहाँ आयोजना १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा उहाँले स्वास्थ्यका सूचना जनतासम्म पु¥याउन स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

“राज्यले स्वास्थ्यका के के सुविधा उपलब्ध गराएको छ । त्यसको जानकारी स्वयंसेविकाले जनतासमक्ष बताउने गरेका छन्”, उहाँले भन्नुभयो, “अझ हामीले स्वयंसेविकालाई जनमुखी बनाउन आवश्यक रहेको छ ।” उहाँले अहिले पनि सरकारले उपलब्ध गराउने सेवा जनसमक्ष पु¥याउने स्वयंसेविकालाई आग्रह गर्नुभयो ।

मुटु, मिर्गौला, फोक्सो, जस्ता जटिल रोग उपचारबारे सर्वसाधारणलाई अझ थाहा नभएकाले धेरै दुःख पाउने गरेको भन्दै उहाँले स्वयंसेविकालाई उपचार र सेवाबारे पनि जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्यमा विभिन्न प्रकारको सहुलियत दिए पनि सर्वसाधारणलाई थाहा नभएर ति सेवाबाट बञ्चित हुनुपरेको बताउनुभयो । मन्त्री खापुङले खोप, पोलियो खोपाजस्ता रोग प्रतिरोधात्मक खोप बालबालिकालाई लगाउनका लागि स्वयमसेविकाले पु¥याएको योगदान विर्सन नहुने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले आगामी वर्षदेखि देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरी एक जनालाई सम्मान गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्यमा अतुलनीय काम गरेको बताउनुभयो । उहाँले नेपालका स्वास्थ्य स्वयंसेविका विश्वमा नै एक उदाहरणीय काम गरेको बताउनुभयो । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्यको पहिलो पंक्तिमा रहेर स्वयंसेविकाले सेवा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले जनतालाई स्वास्थ्यको पहिलो सेवा स्वयंसेविकाबाट पाएको बताउनुभयो ।

महाशाखाका प्रमुख गोमादेवी निरौलाले स्वयंसेविका स्वास्थ्य शिक्षाको सञ्चारको प्रवाहको रुपमा रहेको बताउनुभयो । उहाँका अनुसार अहिले देशभर ५१ हजार चार सय २३ महिला स्वयंसेविका छन् । स्वयंसेविकाले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, खोप कार्यक्रम सञ्चालन, भिटामिन ए, जुकाको औषधि, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आइरहेका छन् । आज नेपालसहित विश्वभरि नै ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । रासस

सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.