• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • १५ घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • १५ घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • २० घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • २० घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • २० घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • २० घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

  •  शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित

वीरगञ्ज ।नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिनुभयो । पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी छ ।

पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बताउनुभयो ।

खोप लिनेको सङ्ख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले जानकारी दिनुभयो । यस क्षेत्रमा खोप लिनेको सङ्ख्यामा वृद्धि गराउन तथा शतप्रतिशत पुर्‍याउन अभियान नै चलाउनु परेको उहाँको भनाइ छ । कँडेलका अनुसार हाल दुईवटा पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ ।

बिन्दवासिनी गाउँपालिकामा पाँच वर्षदेखि ११ वर्ष उमेरका १२ हजार आठ सय ९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका चार सय ६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार तीन सय ५१ जनालाई खोप लगाइएको छ । साथै, पाँच वर्षदेखि ११ वर्षका तीन हजार सात सय २६ जना, १२ देखि १७ वर्षका दुई हजार आठ सय ५४ जना र १८ वर्षमाथि छ हजार नौ सय ४८ जनालाई खोप दिन बाँकी छ ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा पाँचदेखि ११ वर्ष उमेरका १३ हजार चार सय ७६ जना, १२ वर्षदेखि १७ वर्षका दुई हजार ८२ जनाले र १८ वर्षभन्दा माथिका १० हजार सात सय ७७ जनालाई खोप लागेको छ । साथै, पाँच वर्षदेखि ११ सम्मका पाँच हजार सात सय ७८ जना, १२ वर्षदेखि १७ वर्षका सात सय ४३ जना र १८ वर्षभन्दा माथिका पाँच हजार छ सय ५२ जनालाई खोप लगाउन बाँकी छ । खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ ।

पहिलो पटक निजी विद्यालय वर्गीकरण

मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले पहिलो पटक निजी (संस्थागत) विद्यालयलाई वर्गीकरण गरेको छ । विगत लामो समयदेखि निजी विद्यालयलाई वर्गीकरण गर्नुपर्ने माग उठ्दै आएकामा लामो प्रयास र गृहकार्यपछि वर्गीकरण गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।

शाखाका प्रमुख अर्विन्दलाल कर्णका अनुसार विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना, विद्यार्थी सङ्ख्या, शिक्षक सङ्ख्या, खेलमैदान, बगैँचा लगायतलाई आधार बनाएर महानगरपालिकाले निजी विद्यालयलाई वर्गीकरण गरिएको हो ।

विगत लामो समयदेखि स्कुलले महङ्गो शुल्क लिएको भन्दै विवाद हुँदै आएकामा विद्यालयलाई अब महानगरले तोकेबमोजिमको शुल्क लिने बाटो खुलेको छ । महानगरले विद्यालयलाई क, ख, ग र घ श्रेणीमा स्तरीकरण गरेको छ । श्रेणीअनुसारको शुल्क लिन पाउने ढोका पनि महानगरले खोलिदिएको छ ।

संस्थागत विद्यालयहरुलाई वर्गीकरण गरिएसँगै अभिभावकलाई राहत हुने महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । सोअनुसार अभिभावकसँग विद्यालयले तोकिएको परिधिभित्र रही मात्र शुल्क लिन सक्नेछन् ।

वर्गीकरणअनुसार निजी विद्यालयले मासिक शुल्कबाहेकका अन्य शुल्क लिनुपरेमा विद्यालयको अभिभावक समितिबाट निर्णय गराउनुपर्ने महानगरपालिकाले भनेको छ । अब वर्गीकरणअनुसार विद्यालयले मासिक शुल्कबाहेक कुनै किसिमको शुल्क लिन नपाउने तथा लिनुपर्ने अभिभावक समितिबाट निर्णय गराउनुपर्ने हुन्छ ।

महानगरपालिकाले विद्यालयले आवश्यकताका आधारमा दूरीका आधारमा यातायात भाडा निर्धारण गरी लिन भनेको छ । विद्यालयलाई जेठ १ गतेदेखि शुल्क समायोजन गर्न महानगरपालिका शिक्षा महाशाखाले निर्देशन दिएको छ ।

त्यसैगरी सुचीमा नपरेका सबै विद्यालयलाई घ श्रेणी राखिएको महानगरपालिकाले जनाएको छ । तोकेको शुल्कभन्दा बढी शुल्क अथवा अन्य थप शुल्क लिएको पाइएमा त्यता विद्यालयलाई महानगरपालिकाले कारवाही गर्नेछ । स्तरीकरण तथा शुल्क निर्धारणले अभिभावक तथा विद्यार्थीलाई प्रत्यक्ष फाइदा हुने एवं आफूले शुल्क तिर्नसक्ने विद्यालयको छनोट गरी भर्ना हुन पाउने नगर प्रमुख सिंहले बताउनुभयो ।

महानगरपालिकाले सामुदायिक विद्यालयलाई समेत स्तरीय बनाउने अभियान सुरु गरेको तथा त्यसका लागि काम भइरहेको प्रमुख सिंहले बताउनुभयो ।

शुल्क निर्धारणपछि क वर्गमा पर्ने केही विद्यालयको शुल्क घट्ने देखिए पनि महानगरको यो निर्णय कार्यान्वयन भएमा अधिकांश निजी विद्यालयको शुल्क बढ्ने निश्चित छ । तर शुल्क घट्ने विद्यालय मात्र रहेको र अधिकांश अन्य विद्यालयले शुल्क समायोजन गरेमा गत जेठदेखिकै बढेको शुल्क अभिभावकले तिर्नुपर्ने देखिन्छ ।

महानगरपालिकाले गरेको निर्णयको संस्थागत विद्यालयको सङ्गठन प्याब्सन वीरगन्जका अध्यक्ष आलोक चौरसियाले स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो । उहाँले महानगरपालिकाले संस्थागत विद्यालयलाई स्तरीकरण तथा शुल्क निर्धारण गरी राम्रो कामको सुरुआत गरेको बताउनुभयो ।

शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.