• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
आइतबार, मङि्सर २४, २०८०
आइतबार, मङि्सर २४, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • २ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • २ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • ३ घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • ४ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १० घण्टा 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १० घण्टा 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १६ घण्टा 

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
  • १ दिन 

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  • २. वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

  • ३. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • ४. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ५. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ६. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ७. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • १०. औषधि पसललाई मापदण्डभित्र आउन कामपाको निर्देशन

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

  •  शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

जलेश्वर ।महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ ।

विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा समान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ ।

एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थालेपछि उपचारका लागि जलेश्वर अस्पतालमा पुगेका सेवाग्राही खुसी देखिएका छन् ।

काठमाडौँको वीर अस्पतालसँगै एकैदिन राणाकालमा जिल्ला अस्पतालका रुपमा स्थापना गरिएको यस प्रादेशिक जलेश्वर अस्पतालका भौतिक संरचना फेरिएका छन् । यस अस्पतालमा ठूलो तीनतले भवन बनाइएको छ । यहाँ विभिन्न अत्याधुनिक उपकरण छन् । बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन समस्या भइरहेका बेला प्रदेश सरकारले करिब दुई महिना पहिले करारमा दक्ष जनशक्ति भर्ना गरेपछि कुनै पनि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा सतिश साहले बताउनुभयो ।

जिल्लाको सात लाख जनसङ्ख्यालाई विभिन्न स्वास्थ्य सेवा दिँदै आइरहेको महोत्तरीकै सबैभन्दा पुरानो अस्पतालप्रति यहाँका बासिन्दामा आशा भरोसा जागेको छ । मधेस–प्रदेश सरकारले यस अस्पतालमा चिकित्सक अभाव रहेका बेला ३५ जना दक्ष जनशक्ति भर्ना गरेपछि अहिले अस्पतालमा उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।

यस अस्पतालमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा प्रसूती रोग विशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जनलगायत आठ विशेषज्ञ चिकित्सकसहित ३५ जनालाई मधेस प्रदेश सरकारले करारमा भर्ना गरेपछि रेफर अस्पतालका रुपमा परिचित यस अस्पतालको मुहार फेरिएको छ ।

त्यस्तै यस अस्पतालमा ल्याबतर्फ थाइराइड जाँच, लिपिड प्रोफाइल, सोडियम, पोटासियम, एलएल एसपी, आरएसपी, मधुमेह र विभिन्न किसिमका रगतको जाँचका साथै यस अस्पतालमा अक्सिजन प्लान्ट र २४ घण्टे एम्बुलेन्स सेवा विस्तार भएसँगै अब अस्पतालमा सेवाग्राहीले सबै सेवा प्राप्त गर्न थालेका छन् । सेवाग्राहीले अस्पतालकै ल्याबमा सबै परीक्षण पाउन थालेपछि बाहिर चर्को मूल्य तिरेर जाँच गराउनुपर्ने बाध्यतासमेत हटेको छ ।

यसरी अस्पतालमा पर्याप्त भौतिक संरचना, विशेषज्ञ डाक्टर तथा दक्ष चिकित्सक र सुविधा सम्पन्न ल्याब भएपछि अस्पतालमै सबै प्रकारको जाँच गराउन तथा विभिन्न रोगको उपचार गराउन आउने रोगीको सङ्ख्या पनि वृद्धि भएको र अब यो अस्पतालको सेवासुविधामा कुनै कमी नहुने अस्पताल प्रशासनले जनाएको छ ।

विभिन्न सेवासुविधाले काँचुली फेर्न थालेको जलेश्वर अस्पताललाई जलेश्वर नगरपालिकाले समेत आवश्यक सहयोग गर्र्ने नगरप्रमुख सुरेश साह सोनारले बताउनुभयो । मधेस प्रदेश सरकारले गरेको चिकित्सक भर्नाका कारण सरकारी अस्पतालप्रति सेवाग्राही आकर्षित हुन थालेको ल्याब टेक्नीसियन गेनु राउतले बताउनुभयो ।

अहिले अस्पतालमा विभिन्न रोगका पर्याप्त निःशुल्क औषधि उपलब्ध रहेका कारण बिरामीलाई उपचार र औषधिमा निकै सहजता महसुस भइरहेको अस्पतालका स्टोर प्रमुख भाग्यनारायण झाले बताउनुभयो । रासस

शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

लोकप्रिय

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

ताजा

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.