• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

  •  आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

रेसुङ्गा । गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्नुहुन्थ्यो । उहाँको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उहाँ त्यस्तै पाठशालाको खोजीमा लाग्नुभयो ।

पाल्पाबाट बुटवल जानुभएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुप¥यो । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उहाँ भन्नुहुन्छ, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ”, उहाँले भन्नुभयो । शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ ।

गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा हुनुहुन्थ्यो । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उहाँ अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताउनुभयो ।

अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आउनुभएको छ । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ ।

रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् । यसअघि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल रु ६० लाख सहयोगमा पाँच कोठाको भवन पाठशालाका लागि बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आउनुभएको छ । उहाँहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ ।

अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउनुहुन्छ । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उहाँ भन्नुहुन्छ, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताउनुभयो । उहाँले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताउनुभएको छ । रासस

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.