• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १७ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १८ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १८ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १९ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • १९ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

  • १०. ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

‘उपचार नपाई ज्यान गुमाउन नपरोस्’

  •  बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित

काठमाडौँ । मङ्सिर ९रासस०स् काठमाडौँ पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष ९आइसियु० मा गङ्गाबहादुर कार्की उपचाररत हुनुहुन्छ । उहाँको बोल्नका लागि मुख त चल्छ तर हात, गोडा नचलेको एक वर्षभन्दा बढी भयो ।

सङ्खुवासभा खादँबारी–६ का ३५ वर्षे कार्कीले यसैगरी पछिल्लो एक वर्ष कतारको अस्पतालमा बिताउनुभयो । तीनवर्षे कामदार भिसामा कतारको टे«डिङ एन्ड कन्ट्र्याक्टिङ गु्रपमा पुग्नुभएको उहाँले कामदारका रूपमा १३ महिना बिताएपछि सवारी दुर्घटनामा पर्नुभयो । दुर्घटनापछि ‘ट्रमाटिक पाराप्लेजिया’ भएको उहाँको शरीर ‘स्पाइनल इन्जुरी’का कारण त्यसयता राम्रोसँग चलेको छैन । दुर्घटनापछि कम्पनीले कतारमै एक वर्ष त उपचार ग¥यो तर अब थप उपचार नसक्ने भन्दै नेपाल पठाएपछि फ्रन्टलाइन अस्पतालको आइसियूमा उहाँ उपचाररत हुनुहुन्छ ।

“विसं २०७८ कात्तिक २६ मा दुर्घटनापछि एक वर्ष त कम्पनीले उपचार खर्च व्यहो¥यो, तर अब थप उपचार गर्न नसक्ने भन्दै नेपालस्थित दूतावासलाई जानकारीबिना नेपाल पठाइदियो”, उहाँको सहयोगार्थ खटिनुभएका कुमार घिमिरेले भन्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०का उपाध्यक्षसमेत रहनुभएका घिमिरेले उपचारका लागि हाल आर्थिक सहयोग जुटाउनेसम्मको काम गरिरहनुभएको छ ।

पहाडी जिल्ला सङ्खुवासभाबाट परिवारको खर्च जुटाउन खाडी मुलुक पुग्नुभएका उहाँका दुःख कतार पुगेको केही समयदेखि नै सुरु भयो । उहाँ २०७६ साल मङ्सिरमा कतार पुग्नुभयो । छ महिनापछि सुत्केरी हुन नसक्दा उहाँको श्रीमतीको निधन भयो । त्यसबेला कोरोना महामारीले नेपालमा लकडाउन थियो । सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द थिए । फलस्वरुप कार्कीले नेपाल फर्केर श्रीमतीलाई अन्तिम बिदाइ गर्न पाउनुभएन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ल्याइए पनि श्रीमतीको उपचारका क्रममा मृत्यु भएको कार्कीको भनाइ छ । श्रीमती गुमाउनुको पीडामाथि आफू चल्नै नसक्ने गरी बिरामी हुँदा दुईजना अबोध बालकको भविष्य अन्योलले उहाँलाई झन् पिरोलेको छ । “जेठो छोरो १० वर्षको भयो तर सुस्तःमनस्थितिको छ, सात वर्षको कान्छो अझै बुझ्ने भएको छैन”, आइसियु कक्षको शय्याबाटै उहाँले भन्नुभयो, “म आफैँ उपचारको अभावमा अबोध बालकलाई छाडेर जानुपर्ने हो कि भन्ने चिन्ताले बढी सताउन थालेको छ ।”

पहाडी जिल्ला सङ्खुवासभाको सामान्य परिवार त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारण कार्कीले आफ्नै उपचार गराउनसक्ने हैसियत छैन । उहाँको उपचारमा खटिनुभएका डाक्टर चक्रराज पाण्डे कार्की निको हुन कम्तीमा एक वर्ष अझै उपचार गराउनुपर्ने बताउनुहुन्छ । त्यतिञ्जेलसम्मका लागि ठूलो आर्थिक सहयोग आवश्यक पर्छ । तर कार्कीको बैंकमा आफ्नै शरीर निको पार्ने गरी कमाएको पैसा छैन ।

“अहिले जसोतसो सहयोगस्वरुप प्राप्त भएको रकमले उहाँको उपचार भइरहेको छ”, कार्कीको उपचारमा खटिरहनुभएका घिमिरेले भन्नुभयो, “उपचार गर्न धेरै समय लाग्ने भएपछि पैसा पनि धेरै चाहिन्छ, अब आर्थिक सहयोगका लागि अपिल गर्नुको विकल्प छैन ।”

कार्कीको उपचारका लागि बीमा बापतको रकम अझै प्राप्त भएको छैन भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा क्षतिपूर्तिका लागि माग गरिएको छ । तर हालसम्म कतारको सम्बन्धित कम्पनी, बीमा रकम तथा सरकारले दिने क्षतिपूर्तिको कुनै सहयोग प्राप्त नभएको कार्कीको भनाइ छ । एक वर्षभन्दा बढी समय अस्पतालको शय्यामा बिताउनुभएका कार्कीसँग सरकारले निको हुने गरी सहयोग गरिदिन्छ कि भन्ने आशा भने अझै पनि मनमा छ । रासस

बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.