चितवन । समाजसेवी गोविन्द नेपाल ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२ बाट सम्मानित हुनु भएको छ । दुई दशकदेखि अथक रुपमा ग्रामीण स्वास्थ्यको क्षेत्रमा सेवा गरेको भन्दै उहांँ सम्मानित हुनु भएको हो । नेपाललाई अमेरिकाको क्यालिफोर्निया स्थित एन आर एन ए ननरेसिडेण्ट नेपाली एशोसियसनले नेपाललाई सम्मान गरेको हो ।
आज (बिहीबार ) माडीको बघौडा स्थित माडी भिलेज रिसोर्ट को सभाहलमा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसार ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले सम्मान गर्नुभएको देउराली फाउण्डेशनले जानकारी दिएको छ ।
कार्यक्रममा स्वास्थ्यकर्मी नेपालले पटक पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र निःशुल्क औषधी वितरणका साथै कोरोनाकालमा कोभिड किट प्रदान गरी जनस्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गरिएको थियो ।
बरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ हस्तान्तरण कार्यक्रमकै सन्दर्भमा माडीका स्वास्थ्यकर्मी नेपाललाई सो सम्मान प्रदान भएको हो ।
