• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

गण्डकी प्रदेश औषधि उद्योगको प्रादेशिक आयात र निर्यातको रोजाइ बन्न सक्छ : अध्यक्ष पाण्डे

  •  सोमबार, पुष ११, २०७९ मा प्रकाशित

नेपाल औषधि व्यवसायी संघको इतिहास बारे बताईदिनुस न ?

नेपाल औषधि व्यवसायी संघ एउटा गौरवशाली इतिहास बोकेको संस्था हो । २०३० सालमा
तात्कालिन गृह पञ्चायत मन्त्रालय, व्यवस्थापन शाखामा विधिवत दर्ता गरी आफ्ना गतिविधि गर्दै आएको जानकारी गराउन चाहन्छु ।

संघका संस्थापक अध्यक्ष स्वर्गीय पुष्पलाल राजभण्डारीको पूर्ण सक्रियतामा नेपाल भरी औषधि व्यवसाय गरिरहेका व्यवसायीहरुलाई संगठित गरी औषधि व्यवसाय र व्यवासायीको हक हितको रक्षा गर्दै देशको सम्पूर्ण भू–भागमा गुणस्तरयुक्त, असरयुक्त र जनसुरक्षित औषधी सर्वसुलभ रुपमा उपलब्धार्थ आपूर्ति व्यवस्थालाई सहज बनाउंदै राष्ट्रिय स्वास्थ्य नीति निर्माण परिमार्जन तथा कार्यान्वयनका लागि निजी क्षेत्रमा रहेका औषधि व्यवसायीहरुको सहभागिता र सहकार्य वाञ्छनीय भएकाले मुनाफारहित सामाजिक संस्थाको रुपमा नेपाल औषधि व्यवसायी संघ (-Nepal Chemists and Druggists Association ) गठन भएको हो ।

संघ गठन पश्चात व्यवसाय हक हितको लागि मात्र गठन नभएर सामाजिक उत्तरदायित्व बहनमा पनि उत्तिकै सचेत रहेको जगजाहेर नै छ । देशमा आएको महाभूकम्प तथा कोरोना लगायतका विभिन्न महामारी रोगहरुमा औषधि व्यवसायी अग्रपंक्तिमा रहेर सेवा दिदै आएका छन् ।

साबिक अञ्चल शाखा हुँदा १४ वटै अञ्चलमा शाखा विस्तार भएको थियो । अहिले देश प्रादेशिक ढांँचामा गए पश्चात ७ प्रदेश र ६० जिल्लामा जिल्ला शाखा गठन भैसकेको छ । स्थापना कालदेखि नै मुल्यमा एकरुपता सेवाभाव सामाजिक उत्तरदायी बहन संगै सरकारी स्वास्थ्य नीतिलाई टेवा पुग्ने खालको गतिविधि गर्दै आम उपभोक्ताको हितमा लाग्दै २४ सै घण्टा सेवा प्रदान गर्ने गरी आफ्ना व्यवसायीलाई सकरात्मक सोचका साथ संघमा गोलबद्ध गराई अगाडी बढ्न उत्प्रेरणा प्रदान गर्ने गरिएको छ । इतिहासका विभिन्न काल खण्डमा देशमा भएका ठूलाठूला राजनीतिक परिवर्तनमा पनि औषधि व्यवसायीहरुको उल्लेखनीय योगदान छ । यति मात्र नभएर देशका दुरदराज जहाँ सरकारले पनि सेवा प्रदान गर्न सक्ने अवस्था छैन त्यस्ता स्थानमा पनि निजी क्षेत्रका औषधि व्यवसायीले सेवा पु¥याएका छन । त्यसैले औषधि व्यवसायी संघको इतिहास गौरवशाली छ ।

स्वास्थ्य क्षेत्रमा नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षको हिसाबले कसरी भुमिका खेल्दै हुनुहुन्छ ?

सर्बप्रथम त म औषधि व्यवसायीहरुको अध्यक्ष मात्र नभएर यस प्रदेशमा विगत २४–२५ वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहंँदै आएको छु, तर पनि यस प्रदेशका औषधि व्यवसायीहरुको नेतृत्व गर्दै गर्दा पक्कै पनि स्वास्थ्य क्षेत्रमा केही सकारात्मक परिवर्तन ल्याउनु मेरो अभिभारा भएको महसुस गरेको छु । सम्पूर्ण औषधि व्यवसायीहरु आफ्नो कार्यक्षेत्रमा रहंँदै गर्दा उहाँहरुको सम्पर्कमा आउने बिरामी वा सेवाग्राहीलाई सक्दो उपचारको साथै उचित सरसल्लाह र केही अतिरिक्त उपचारको आवश्यकता परेमा उपयुक्त स्थानमा जानका लागि सल्लाह दिने जस्तो महत्वपूर्ण दायित्व व्यवसायीहरुको छ । संघीय सरकार तथा प्रदेश सरकारबाट यस प्रदेश भित्र लागु गर्ने नीति नियम कानूनी प्रावधानलाई पालना गर्दै सरकारी निकायसंँग आवश्यक सहकार्य समन्वय गर्दै अगाडी बढ्ने औषधिको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरुलाई गोलबद्ध गराई प्रदेश भित्र रहेका जिल्ला शाखालाई अझै सक्रिय बनाई स्वास्थ्य क्षेत्रमा राज्यलाई आवश्यक पर्ने अभिलेख विभिन्न महामारी वा सरुवा रोगको न्यूनिकरण र निवारण गर्न सरकारसंग हातेमालो गर्न प्रोत्साहित गरिरहेका छौं । साथै केन्द्रिय नीति अनुसार गुणयुक्त असरयुक्त जनसुरक्षित औषधि , यस प्रदेशका सबै क्षेत्रमा सर्वसुलभ उपलधताको लागि गम्भिर रुपमा लागिरहेका छौं ।

यस प्रदेश भित्र कति वटा जिल्ला शाखाहरु संगठित छन् र सदस्यको संख्यात्मक बनावट के कस्तो छ?

यस प्रदेश भित्र ११ जिल्ला भएपनि हाम्रो विधानमा निश्चित सदस्य संख्या भएका जिल्लामा मात्र जिल्ला शाखा गठन गर्न पाइने नियमानुसार ९ जिल्लामा शाखा गठन भएको छ । मनाङ र मुस्ताङमा शाखा गठन भएतापनि मनाङ्लाई लमजुङ् जिल्ला शाखा र मुस्ताङ शाखाको लागि म्याग्दी जिल्ला शाखाबाट समन्वय भैरहेको छ । संख्यात्मक हिसाबल हामीसंँग आबद्ध साधारण सदस्य संख्या े करिब एक हजार एक सय हाराहारीमा छन् ।

बिशेषगरी गण्डकी प्रदेशमा सेवारत व्यवसायीका चुनौती के के छन ?

सर्वप्रथम हाम्रो प्रदेश भौगोलिक हिसाबले तराई पहाड र हिमाल मिलेर बनेको प्रदेश हो । भौगोलिक संरचना अनुसार हिमाल क्षेत्र र गाउँंका दुरदराजमा व्यवसाय गर्ने व्यवसायीलाई यातायात असुविधा महंँगो ढुवानी खर्च लाग्ने तर औषधिको दर सबैतिर समान हुने हुनाले त्यस क्षेत्रका व्यवसायीलाई समस्या छ । अर्कोतर्फ यस प्रदेशमा सेवारत नीजी औषधि व्यवसायीलाई बेला बेलामा सिप वृद्धि विकासका तालिम लगायतका विभिन्न स्वास्थ्यसंँग सम्बन्धित गतिविधिमा संलग्न गराएको पाइएको छैन जसले गर्दा नीजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी औषधि व्यवसायीलाई अपडेट र अपग्रेडिङ्गमा समस्या छ । अर्को तर्फ यस प्रदेशमा औषधि व्यवस्था विभागको कार्यालय नहुँदा सामान्य कामका लागि पनि काठमाडौं धाउनुपर्ने अवस्था छ । एउटा औषधी पसलमा एकजना व्यवसायी मात्र खट्नुपर्ने अवस्था हंँुदा सोही व्यवसायमा कार्यरत सहायकलाई कुनै पनि किसिमको तालिमको व्यवस्था नभएको कारण पनि लगानीको जोखिम र औषधि व्यवसायी २४ सै घण्टा खट्नुपर्ने अवस्था छ ।

यस क्षेत्रमा चुनौतीसंँगै के कति सम्भावना छन?

पक्कै पनि जहांँ चुनौती छ त्यहां सम्भावना छ । चुनौतीसंँग जुध्दै संभावना खोजी गर्ने सार्थक जीवन हो । हामी नीजी क्षेत्रका स्वास्थ्यकर्मी औषधि व्यवसायीलाई सरकारले आफ्नै अंगको रुपमा लिएर व्यवसायीका समस्या समाधान गर्न तर्फ लागेमा गण्डकी प्रदेशमा औषीध उद्योग प्रादेशिक आयात तथा निर्यातको पनि रोजाइको प्रदेश बन्न सक्छ ।

तपाई व्यवसायीहरु नागरिकको नजर बाट हेर्दा औषधि वितरण गर्ने जस्तो मात्र देखिनु हुन्छ । बिरामीको उपचारमा यसको अन्य भुमिका हुन्छ वा हुदैन?

अति महत्वपूर्ण प्रश्न गर्नुभयो, झट्ट हेर्दा हामी औषधि पसले वा बिरामीले पसलमा भएको औषधि मागेपछि ¥याकबाट औषधि निकाली बितरण गर्ने पेशाकर्मी जस्तो लाग्छ तर हामी औषधि पसले त्यति कर्तब्य मात्र लिएका हुदैनौं सेवामुलक व्यवसायी पनि हौं । कोभिड–१९ पछि औषधि व्यवसायीको भूमिका सबैलाई अनुभूति भएको छ । ८० प्रतिशत भन्दा बढी बिरामी वा सेवाग्राही शुरुमा नजिकको औषधि व्यवसायी वा स्वास्थ्यकर्मीलाई आफ्नो समस्या भनेर उनीहरुकै सल्लाह अनुसार उपचारमा लाग्छन् । अर्को कुरा गाउँं गाउंँमा जहांँ डाक्टरको सुविधा हुदैन वा बजारमै पनि स्वास्थ्य सल्लाह परिवार नियोजनका सेवाहरु सामान्य घाउ खटिरा ड्रेसिङ जस्ता सम्पूर्ण सेवा औषधि व्यवसायीलाई नै प्रदान गरिरहेका छन् । त्यसैले औषधि व्यवसायीको भूमिका महत्वपूर्ण छ ।

पछिल्लो समय औषधि व्यवसायी सञ्चालन गर्नका लागि पुराना फार्मासिष्टले ओरेन्टेसन र नयाँले फार्मेसी अध्ययन गरी लाइसन्स भएसी मात्र औषधी पसल खोल्न पाउने नियम लागु भएको देखिन्छ ।

यो नीतिले अन्य विधाका पारामेडिक्स व्यवसायीलाई समस्या परेको छ कि छैन?

पहिलाबाट नै औषधि व्यवसाय संचालन गर्न फार्मेसी वा औषधी सल्लाहकार समितिको सिफारिसमा औषधि व्यवस्था विभागले दिने औषधि बिक्री वितरण तालिम लिए पश्चात मात्र औषधि व्यवसाय सञ्चालन गर्न पाइन्थ्यो । हाल २०५६ साल पश्चात औषधि बिक्री वितरण तालिम बन्द भएको छ । फर्मासिस्टले मात्र औषधि व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था छ । हामी सम्पूर्ण नागरिकले नेपाल सरकारको नियम कानून त मान्नै पर्छ, तर दुर्गम गाउंँमा जहां फार्मेसीका जनशक्ति पनि नजाने र सरकारी संस्थामा कार्यरत पारामेडिक्सलाई नीजी क्लिनिकबाट औषधि बिक्री वितरण गर्न नपाउने हुँदा त्यस क्षेत्रमा जनताले कार्यालय समयमा भन्दा अन्य समयमा औषधि पाउनबाट वञ्चित भएको अवस्था छ । यस विषयमा सरकारले गम्भिर रुपमा लिन जरुरी छ ।

यस्ता समस्या समाधानका लागि नीतिगत प्रयास भइरहेका छन त ?

यस्ता समस्या समाधानका लागि कि त सरकारले एक स्वास्थ्य संस्था एक फर्मासिस्ट व्यवस्था गर्नु प¥यो । कि त सरकारी तथा नीजी क्षेत्रमा कार्यरत पारामेडिक्सलाई छुट्टै खालको कोर्ष बनाई औषधि बिक्री वितरणलाई सहज बनाउन आवश्यक छ । यसका लागि संस्थागत छलफल पनि भैरहेको छ ।

स्वास्थ्य क्षेत्र मध्ये सबै भन्दा बढी फाईदा औषधि व्यवसायमा हुन्छ भन्ने चर्चा सुनिन्छ । आर्थिक लाभसंगै सामाजिक उत्तरदायित्व कसरी पुरा गरिरहनु भएको छ?

स्वास्थ्य क्षेत्र देख्दा र सुन्दा मात्र बढी फाइदा हुने व्यवसाय जस्तो देखिन्छ । मानिसले कुनै पनि व्यवसाय गर्दा आफ्नो जीविकोपार्जनका साथै केही आर्य आर्जन गर्नु स्वभाविक हो तर हाम्रो व्यवसाय नाफामूलक मात्र नभएर सेवामूलक पनि हो भन्ने बुझ्नु जरुरी छ ।

कुनै पनि वस्तु जसको अधिराज्यभर एउटै मुल्य होस जसको अधिकतम खुद्रा मुल्य देखिने होस जसको निश्चित मुनाफा पहिलेनै तोकिएको होस त्यो वस्तु हो भने औषधि । त्यसकारण औषधि व्यवसायी २४ सै घण्टा खटेर केही आय आर्जन गर्नु जायज नै हो । यति हुँदाहुदै पनि सम्पूर्ण व्यवसायीहरु सामाजिक क्षेत्रमा पनि अब्बल रहेको कुरा मैले अघिनै अवगत गराई सकेको छु । कोभिड–१९को बेला सेवारत हुँदा हामीले हाम्रो व्यवसायमा पनि नोक्सान भयो । अर्कोकुरा यस प्रदेशमा साविक अञ्चल शाखाका अध्यक्ष हाम्रा अग्रज स्वर्गीय नर बहादुर रानालाई कार्यक्षेत्रमा रहंँदा रहँदै कोभिड–१९ का कारणले गुमायौं । यसबाट के बुझ्न जरुरी छ भने औषधि व्यवसायीहरु नाफा मात्र नभएर आफ्नो ज्यान जोखिममा राखेर पनि सेवा गर्छन् ।

औषधि व्यवसायीहरु बिरामी संगै मेडिकल साइन्सका सबै पक्षसंँग जोडिएर आफ्नो पेशामा मर्यादित रुपमा असल सेवक बन्नुपर्छ भन्ने बुझिन्छ । यहांँलाई कस्तो लाग्छ?

औषधि व्यवसायी मैले पहिला पनि भनिसके औषधि बिक्री वितरण गर्ने मात्र नभएर विभिन्न क्षेत्रमा भएमा नविनतम प्रयोग खोज वैज्ञानिक आधारसँंग अपडेट हुनु जरुरी छ । हाम्रो समाजमा अहिले पनि औषधि व्यवसायीलाई मर्यादित व्यक्तित्वको रुपमा लिइन्छ । र आउने सेवाग्राहीले पनि त्यस्तै खालको सेवाको अपेक्षा गरेका हुन्छन् । व्यवसायीको मर्यादित स्वभावले आफ्नो पेशा मात्र नभएर औषधि व्यवसायी संघको पनि मर्यादमा टेवा पुग्छ ।

अन्त्यमा, तपाईंको व्यक्तिगत र संस्थागत विचार केही छ कि ?

स्वास्थ्यसंँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु उजागर गर्ने सूचना प्रदान गर्ने प्रकाशन स्वास्थ्य दर्पण राष्ट्रिय पत्रिकामा हाम्रा केही विचारहरु राख्ने मौका प्रदान गर्नु भएकोमा नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहान्छु । यस प्रदेश भित्र व्यवसायी हक हित लगानीको सुरक्षा गर्दै व्यवसायीबाट दिने सेवालाई अझै उत्कृष्ट बनाउन नेपाल सरकार, पत्रकार नागरिक समाज तथा सम्पूर्ण अग्रज औषधि व्यवसायीहरुको सुझाव सल्लाह अनुसार सबैसंँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्दछु ।

(कृष्ण प्रसाद पाण्डे नेपाल औषधि व्यवसायी संघ,गण्डकी प्रदेश कास्कीको अध्यक्ष हुनुुहुन्छ)

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.