चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा दिव्यनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन्
कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर–२६ का वडाअध्यक्ष ज्ञानप्रसाद खनालले जिल्लामा रगतको अभाव हुँदै जादा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा नेरेसो दिव्यनगर उपशाखालाई आभार व्यक्त गरे । रगत दान भन्दा ठूलो अरु दान हुन नसक्ने बताउँदै उनले यस्ता सामाजिक कार्यमा आफू र वडाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अध्यक्ष नेरेसो दिव्यनगर उपशाखाका सभापति जिवाखर ढकालले आफ्नो अमुल्य रगत दान गर्ने स्वयंसेवक, रक्तदाता लगायत अन्य सहयोगीहरुलाइ धन्यवाद दिए ।
कार्यक्रममा कांग्रेस दिव्यनगरका सभापति पुरुषोतम ढकाल, दिव्यज्योति जुनेली साकोसका अध्यक्ष भरतकान्त अधिकारीलगायत अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमलाई नेरेसो उपशाखा दिव्यनगरको उपकोषाध्यक्ष लोकनाथ पौडेलले सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
