• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गर्भ निरोधका अस्थायी तथा स्थायी ७ प्रकारका साधन नेपाल सरकारबाट निःशुल्क

  •  मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

पाँचथर । नेपालमा गर्भ निरोधका अस्थायी तथा स्थायी ७ प्रकारका साधन नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएको छ । गर्भ निरोधका साधनले महिलाको प्रजनन् स्वास्थ्यलाई सुरक्षित ,स्वास्थ्य ,असुरक्षित गर्भपतन ,अनिच्छुक गर्भधारण ,सन्तानको सङ्ख्या निर्धारण गर्न तथा जन्मान्तर लगायत महिलाको प्रजनन स्वास्थ्यमाथिको स्वनिर्णयको अधिकार समेत सुरक्षित गर्दछ ।

पाँचथर जिल्लाका सबै स्वास्थ्य संस्थामा कम्तीमा पाँच प्रकारका गर्भ निरोधका साधनहरू उपलब्ध छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गर्भ निरोधका साधन मध्ये तीन महिने सुइँ (डिपो) सबैभन्दा बढी प्रयोग भएको देखिन्छ ।

जिल्लामा आर्थिक बर्ष २०७८/७९ मा ३ हजार ८३ जना नयाँ प्रयोगकर्ताले डि.पो प्रयोग गरेका छन् । चालु आर्थिक वर्षमा १ हजार १ सय ८८ जना तीन महिने सुइँ (डिपो) प्रयोग गर्ने नयाँ प्रयोगकर्ता छन् ।

जिल्ला अस्पताल पाँचथरमा गर्भ निरोधका अस्थायी साधनहरू तीन महिने इन्जेक्सन (डि.पो) ,पिल्स , कण्डम, आइ.यु.सि.डि र इम्प्लान्ट छन् भने स्थायीमा मिनिल्याप, भेसेक्टोमी उपलब्ध छन् । अस्पतालमा ७ प्रकारकै गर्भ निरोधका अस्थायी तथा स्थायी साधन उपलब्ध भएको , स्थायी साधन उपलब्ध गराउन तालिम प्राप्त जनशक्ति समेत रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । पछिल्लो समय डि.पोसँगै इम्प्लान्ट प्रयोगकर्ता बढ्दै गएको जोशीले बताउनु भयो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा गत आर्थिक वर्षमा ९ सय ५ जना नयाँ प्रयोगकर्ताले इम्प्लान्ट प्रयोग गरेको देखिन्छ ।

परिवार नियोजन सेवाको राष्ट्रिय कार्यनीति २०६८ को परिमार्जन नभई प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विशेष ऐन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७७ जारी छ । सो ऐनको दफा ३ मा प्रजनन स्वास्थ्य सम्बन्धी १० वटा अधिकारको सुनिश्चित गरेको छ । ऐनको दफा १० देखि १२ सम्ममा परिवार नियोजन सेवा प्राप्त गर्ने अधिकार ,बलपूर्वक गर्भ निरोधका साधन प्रयोग गराउन नहुने र बलपूर्वक परिवार नियोजन गरेको पाइएमा कसुर गर्ने गराउनेलाई तीन महिना देखि ६ महिना सम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको पाइन्छ ।

गर्भ निरोधका साधनहरू माथिको पहुँच तथा सेवा सबै क्षेत्रका महिलाहरूले विना भेदभाव समान तथा सम्मानजनक रुपमा उपभोग गर्न पाउने अधिकार नै महिलाको मौलिक मानव अधिकार हो । प्रजनन स्वास्थ्य महिलाको स्वास्थ्यसँग मात्र जोडिएको विषय नभई स्वास्थ्य नागरिक र स्वास्थ्य देशसँग जोडिएको विषय हो ।

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.