• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, भदौ २९, २०८३
सोमबार, भदौ २९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
  • २० घण्टा 

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
  • २० घण्टा 

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • १ दिन 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • १ दिन 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १ दिन 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १ दिन 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ५. विपद्पछि सरुवा रोगको प्रकोप

  • ६. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ७. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. सङ्घीय अस्पतालमा शवगृह बनाइने

  • १०. अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

निवर्तमान स्वास्थ्यमन्त्री खापुङद्वारा आफूले गरेका काम सार्वजनिक

  •  मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

काठमाडौँ ।निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो ।

मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माण, कोरोना भाइरस नियन्न्त्रण, हैजा नियन्त्रण र डेङ्गु नियन्त्रणमा गरेका काम सार्वजनिक गर्नुभएको हो । आव २०७८÷७९ मा भवन विभागमार्फत ६० स्वास्थ्य संस्था निर्माण सम्पन्न भएको, स्थानीय तहमा पाँच, १० र १५ शय्याका ६५५ आधारभूत अस्पतालमध्ये हालसम्म ३७३ अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भई निर्माणको क्रममा रहेका तथा बाँकी आधारभूत अस्पतालको डिपिआर तयारी तथा स्वीकृतको क्रममा रहेका उहाँले जानकारी दिनुभयो ।

यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशमा ५० शय्याका सरुवा रोग अस्पताल निर्माण भइरहेका र बाँकी प्रदेशमा जग्गा प्राप्तिलगायतका काम अगाडि बढेको मन्त्री खापुङले बताउनुभयो । गेटा मेडिकल कलेज तथा शिक्षण अस्पताललाई तीन शय्याको अस्पतालको रूपमा सञ्चालन गर्ने गरी अस्पताल निर्देशक नियुक्ति भई आवश्यक पूर्वाधारका काम अगाडि बढाइएको, देशका मुख्य राजमार्गमा हुनसक्ने दुर्घटनाको क्षति न्यूनीकरण तथा उपचारका लागि निश्चित दूरीका रणनीतिक स्थानमा ट्रमा सेन्टर स्थापनाको काम अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा औषधिको प्रयोग र खोप आयात गर्न मौजुदा कानुन औषधि ऐन, २०३५ लाई अध्यादेशमार्फत कानुनी बाधा फुकाई खोपलगायतको आपूर्तिमा सहजता कायम गरिएको मन्त्री खापुङलले जानकारी दिनुभयो । पुस ११ गतेसम्म छ करोड १७ लाख ७६ हजार सात सय ७० खोपको मात्रा ल्याइएको, दुई करोड ३२ लाख आठ हजार, चार सय ८३ खोपको एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ पूर्ण मात्रा तथा ७९ लाख ७२ हजार सात सय ९१ बुस्टर खोप लगाइएको उहाँले बताउनुभयो ।

डेङ्गु नियन्त्रणमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सातवटै प्रदेशमा डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन उल्लेख गरिएको छ ।

हैजा रोकथामका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका आठवटा स्वास्थ्य कार्यालय प्रयोगशालालाई पानी परीक्षण कीट प्रयोग गरेर परीक्षण गर्ने तालिम प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा विभिन्न कार्य गरेको बताउनुभयो । औषधि (तेस्रो संसोधन) ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन, स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति, नसर्ने रोग रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना तर्जुमा गरिएको उहाँले बताउनुभयो ।

मन्त्री खापुङले आव २०७८÷७९ मा करिब ९१ प्रतिशत बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरेको उल्लेख गर्नुभएको छ । यस्तै ४९ स्वास्थ्य संस्थामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन, सबै तहका ११७ अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन, दुई हजार पाँच सयभन्दा बढी स्वास्थ्यचौकीको न्यूनतम सेवा मापदण्ड कार्यक्रम र २५ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिएको मन्त्री खापुङले जानकारी दिनुभयो । रासस

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

विपद्पछि सरुवा रोगको प्रकोप

ताजा

नेपाली फर्मा बजारमा मेरो कार्यअनुभव

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.