• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

औषधि उत्पादनमा अब्बल बन्दै टाईम फर्मासिटिकल्स

  •  बुधबार, पुष १३, २०७९ मा प्रकाशित

चितवन । आम नागरिकले रुघा लाग्दा साईनेक्स आफै किन्ने गर्दछन् । औषधिको नाम नागरिकको जिब्रोमा झुड्याउने कम्पनी कुन होला भन्ने धेरैलाई कौतुहलता हुन सक्छ । साईनेक्स उत्पादन गर्ने कम्पनी गैंडाकोटको टाईम फर्मासिटिकल्स हो । साईनेक्स मात्रै होइन, स्थापनाको २५ औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीका धेरै उत्पादन जनजिब्रोमा झुण्डिन सफल भएका छन् ।

१० वर्षे औषधि बजारीकरणको अनुभव बटुलेर यो उद्योग स्थापनाको नेतृत्व गर्नुभएका डा.जीनारायण बहादुर क्षेत्री यो अवधिमा देशका उत्कृष्ट १० उद्योगभित्र पर्न सफल भएको बताउनुहुन्छ ।

बि.सं. २०५५ साल मंसिरमा तत्कालिन मुकुन्दपुर गाउँ विकास समिति र हालको गैंडाकोट नगरपालिका वडा नं. १० मुकुन्दपुरमा यो उद्योग स्थापना गरिएको हो । शुरुमा १६ कठ्ठा जमिनमा उद्योग स्थापना गरिएको थियो । २५ वर्षको अवधिमा उद्योगको क्षेत्रफल दुई विगाहा पुगेको छ । रु.१ करोड १० लाखको लागतमा शुरु भएको यो उद्योगमा अहिले रु.५० करोडभन्दा बढीको लगानी भईसकेको छ ।

तत्कालिन समयमा ६ जना शेयरधनी रहेको यो उद्योगमा शेयरधनी संख्या बढेको छ । नारायणगढ र काठमाण्डौंका शेयरधनी रहेको यो उद्योगमा रु. ५ लाखदेखि २ करोडसम्म लगानी गर्ने शेयरधनी रहेका छन् ।

शुरुवातमा ८ प्रकारका औषधि उत्पादन गर्ने उद्योगमा अहिले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुँदै आएका छन् । यो उद्योगले शुरुमा साईनेक्स, हाईमोक्स, प्याराफ्लाम जस्ता औषधि उत्पादन गरेको थियो । हाल उद्योगले मुटु, मधुमेह, एन्टीबायोटिक्स, मनोरोग, जनरल मेडिसिडन जस्ता औषधि उत्पादन गर्दै आएको कार्यकारी अध्यक्ष क्षेत्री बताउनुहुन्छ ।

मल्हम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप यहाँ उत्पादन हुँदै आएका छन् । क्षेत्रीले भन्नुभयो “खोप बाहेकका सबै औषधि हामीले उत्पादन गर्दै आएका छौं ।” ३७० जना कामदारलाई रोजगारी दिन उद्योग सफल भएको छ ।रुघाखोकीको साईनेक्स, दुखाई कम गर्ने प्याराफ्लाम, इन्टीबायोटिक्स हाईमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बि कम्प्लेक्स जस्ता औषधि यहाँबाट उत्पादन हुँदै आएका छन् । क्षेत्रीले भन्नुभयो “साईनेक्स मात्रै वार्षिक रु.१८ करोडभन्दा बढीको बिक्री हुन्छ ।”

शुरुको वर्ष ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले अहिले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ ।

पाँच सात महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा रहेको उद्योगको भगिनी संस्थानले नेपालमै लोड सल्लोबाट क्यान्सर उपचारको औषधिको कच्चा पदार्थ समेत बनाउँदै छ । भविष्यमा खोप सहित नयाँ नयाँ औषधि उत्पादन गर्ने योजनामा रहेको यो कम्पनीलाई देशकै अग्रणी कम्पनी बनाउने लक्ष्य लिईएको क्षेत्री बताउनुहुन्छ ।

आफ्नो उद्योग मात्रै नभएर नेपालका औषधि उद्योगलाई प्रतिस्पर्धी बनाउन लागि पर्नुभएका क्षेत्री नेपाल औषधि उत्पादक संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँकै नेतृत्वमा दुई पटक चितवनमा नेपाल फर्मा एक्स्पो भईसकेको छ ।

आयातलाई प्रतिस्थापन गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय रुपमा लबिङ गरिरहनु भएको छ । उहाँले भन्नुभयो “हाम्रो उत्पादन अन्तर्राष्ट्रिय रुपमा गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्छ ।” देशमा भर्खर भर्खर उद्योग खोलेका बेला टाईम स्थापना गरिएको हो । तत्कालिन समयमा नेपालमा जम्मा ८ वटा औषधि उद्योग थिए । अहिले यो संख्या ९० हाराहारी पुगेको छ ।

विगतलाई सम्झँदै क्षेत्रीले भन्नुभयो “म काठमाण्डौंमा बस्ने मान्छे देशकै मध्यभाग पर्छ भनेर गैंडाकोट आएर उद्योग खोलेको हौं ।” बि.सं. २०५२ बाट उद्योग बनाउन शुरु गरेर २०५५ बाट उत्पादन शुरु गरिएको हो ।

बुधबार, पुष १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.